परेवा उडाएर मनाइयो संविधान दिवस   •   नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु   •   पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने 'खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ'   •   दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी   •   राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र   •   प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

फोनिजको १८औं स्थापना दिवसमा तीन पत्रकार पुरस्कृत

Fonij-day-2017-1काठमाडौं, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १८औं स्थापना दिवसको अवसरमा आज तीन जना वरिष्ठ पत्रकारहरुलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको छ । पुरस्कृत हुनेहरुमा पत्रकार खिम घले, सञ्जय सन्तोषी राई र रमिता लामा छन् । उनीहरुलाई ताम्रपत्रसहित नगद २० हजार रुपैयाँ प्रदान गरिएको छ ।पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले पत्रकारहरुले साझा आदिवासी जनजातिको सवालमा सन्तुलित समाचार पस्कन सक्नुपर्ने बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका महासचिव अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्य, संघीय प्रेस सेन्टरका सचिव विजय चाम्लिङ, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा लगायतले फोनिजको योगदान र पत्रकार महासंघको आगामी महाधिवेसनबारे बोलेका थिए ।फोनिजका अध्यक्ष डण्ड गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजेश चाम्लिङले स्वागत गरेका थिए भने पुरस्कृत व्यक्तिहरुबारे सचिव मनोज घर्तीले प्रस्ट्याएका थिए । कार्यक्रम महासचिव गजुरधन राईले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close