इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

प्रमिला राई नेपाल आइडलबाट बाहिरिदा…

IMG_7956काठमाडौं: नेपाली टेलिभिजनको गायन रियालिटी सो नेपाल आइडल प्रतियोगितामा उत्कृष्ट सातबाट प्रमिला राई बाहिरिएकी छन् । नेपाल आइडलमा उत्कृष्ट सातसम्मको यात्रा तय गरेकी प्रमिला पप रक गीत गाउन रुचाउँछिन् । अंग्रेजी गीत पनि उनको रुचिमा पर्छ।

नेपाल आइडलका लागि प्रमिलाले राजधानीबाट अडिसन दिएकी थिइन्। काठमाडौंको बालाजु निवासी २२ वर्षीया प्रमिला स्नातक अध्ययनरत छिन्।

नेपाल आइडलमा आएर आफूले प्राप्त गरेको पहिचान र लोकप्रियताले भविष्यमा सांगीतिक यात्रा अगाडि बढाउन सजिलो हुने उनको भनाइ छ। परिवारको प्रेरणा र खासगरी बुवाको साथका कारण संगीत क्षेत्रमा लागेकी प्रमिलाले यसअघि औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन्।

आफ्नो मेहनत र संगीतप्रेमी श्रोतादर्शकको माया र साथका कारण उत्कृष्ट सातसम्मको यात्रा तय गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close