प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

ढुंगा लागेर बेलायती पर्यटकको मृत्यु

म्याग्दी– बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४ बाट अगाडि बढ्दै गर्दा २२ वर्षीय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट कम्मा कथरिना फुलरटनको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।

भिरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी उनको उद्धार गरी लेते स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको घाँसा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गोपालबहादुर खत्रीले बताए ।

उनका अनुसार फुलरटन आफ्नो दाइ र पथपदर्शकको साथमा भम्रणमा आएकी थिइन् । यसैबीच सोही घोप्टेभिर क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेरे म्याग्दीको मंगला–५ का ४० वर्षका सवारी चालक दलबहादुर फगामी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close