प्रधानमन्त्री देउवा आज भारत जाँदै   •   चार बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन सम्पन्न   •   ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ   •   १८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै   •   हेलिकप्टरबाटै पोखरा घुम्न पाइने   •   महिनावारी हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्छन्

बाढी पहिरो अपडेट: अहिलेसम्म ३० जनाको मृत्यु, ४ बेपत्ता

badhiकाठमाडौ । झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके, सर्लाहीलगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ । त्यस्तै कयौं वेपत्ता छन् । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

सरकारले बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधरणलाई आग्रह गरेको छ । विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सर्तक रहन आग्रह गरेको हो ।

गृहमन्त्रालयका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना, सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो ।

झापाको मदना, कपनबास, बाँकेको नारायणपुरमा अप्ठयारोमा परेका मानिसहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिसकिएको गृहमन्त्रालयले जनाएको छ ।

खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ ।

खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको पनि गृहमन्त्रालयले बताएको छ ।

२ पुलमा क्षति 
बाँकेको गोवरी,गावर र गन्दली पुल क्षतिग्रस्त भएको छ । बागमती सिंचाइको बाँध खतरापूर्ण अवस्थामा पुगेका कारण त्यहाँ डोजर पठाइएको गृहमन्त्रालयले बताएको छ ।

जल तथा मौैसम विज्ञान विभागले पनि बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाले पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा निम्नानुसारको धनजन क्षती भएको भन्ने जानकारी प्राप्त भएको छ । नेपाल प्रहरीका अनुसार भने दिउँसो २ बजेसम्मको यस्तो छ अपडेट ।

झापामा बाढीले बगाई २ को मृत्यु, चार बेपत्ता :–
झापा गाउँपालिका–३ सिमलबारी बस्ने अन्दाजी बर्ष ४५ की कमला दर्लामी र उनकी छोरी वर्ष ८ की सुखी दर्लामीलाई सानो माई खोलाको पानी घरमा पसेर भाग्ने क्रममा बगाई बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झापाबाट प्रहरी खटि गई खोजी गर्दा कमला दर्लामीको शव केही पर फेला परेको, उनकी छोरीलाई बगाई बेपत्ता बनाएको जानकारी प्राप्त भएको छ ।

यस्तै झापाको केचनकबल ३ बस्ने अन्दाजी बर्ष २५ को राम प्रसाद राजबंशीलाइ घेराबारीबाट घरतर्फ आउनेक्रममा बिरिङ खोलाले बगाई बेपत्ता भएको जानकारी प्राप्त भएको छ, घटनास्थलमा प्रहरी चौकी पथरियाबाट टोली परिचालन भई खोजी कार्य भईरहेको छ ।

झापाको शिवसतासी–१ धरमपुर राजबंशी चोक बस्ने अन्दाजी बर्ष २८ को लेखनाथ पाण्डे (विजय) र निजको साथीहरु शिवगन्जबाट घर फर्कने क्रममा झिलझिले खोलाले बगाइ बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय झिलझीलेबाट टोली परिचालन भई खोजी कार्य भईरहेको जानकारी प्राप्त भएको छ ।

झापा गाउँपालिका–२ बालुवाटार बस्ने अन्दाजी बर्ष ३५ की धनमाया घोरासैनि र उनकी छोरी वर्ष १५ की कमला घोरासैनीलाई सानो माईखोलाको पानी पसेर बगाई लगेकोमा धनमायाको शव फेला परेको, उनकी छोरी हालसम्म बेपत्ता रहेको जानकारी प्राप्त भएको छ ।

मोरङमा पहिरोले पुरिएर एकको मृत्यु, दुई घर बगायो :– 
मोरङको लेटाङ नगरपालिका–१ मालबाँसेमा पहिरो खस्दा दुई घर बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी खटिगई हेर्दा पहिरोले दुवै घरलाई अन्दाजी १०० मिटर तलसम्म बगाएको र पहिरोमा पुरिएको अवस्थामा अन्दाजी बर्ष ३७ की गोपिमाया तामाङको शव फेला परेको जानकारी प्राप्त भएको छ । पहिरोले १९ वटा चौपया मरेका छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय लेटाङबाट टोली परिचालन भई उद्दार कार्य भईरहेको छ ।

यस्तै मोरङको हात्तीमुढास्थित बुढीखोलाले अन्दाजी बर्ष ३०/३५ की महिलालाई बगाई ल्याएको अवस्थामा शव फेला परेको जानकारी प्राप्त भएको छ । मृतकको नामथर वतन नखुलेकोले पहिचानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनसरीमा ६ जनाको शव भेटियो :–
सुनसरीको विभिन्न स्थानबाट पानीमा डुबेको अवस्थामा ६ जनाको शव भेटिएको छ । मृतकहरुमा भोजपुर जिल्ला घर भई ईटहरी उपमहानगरपालिका–४ गौरीगाँउमा डेरा गरी बस्ने अन्दाजी बर्ष ३२ की माया राईको ८ वर्षकी छोरी रुप्सनी राई, ३ वर्षका छोरा रुपेश राई, ईटहरी ४ आईतबारे बस्ने बर्ष ४० को ईश्वर सुनुवार, ईटहरी ४ गौरीगाउँ बस्ने बर्ष ३० की माला साह, उनकी छोरा वर्ष १० की सिटी साह, ईटहरी २० तरहरामा मागी खाई हिँड्ने अन्दाजी वर्ष ७०/८० को पुरुष व्यक्ति तथा ईटहरी–९ मा अन्दाजी वर्ष ३०/३५ की महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सिन्धुलीमा एकै परिवारका ४ जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उनकी छोरा अनिज र मनिष र छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंले जानकारी दिए ।

पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बस्दै अाइरहेकाे थियो ।

बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

विरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो ।

बाढीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिए पनि सनाखत हुन सकेको छैन ।

प्रहरी उपरीक्षक तामाङले घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको बताए । बाँकेमा राप्तीनदीको सतह बढ्दा बाँकेको डुडुवा गाउपालिकाको होलिया बेतहनी लगायतका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बाढीबाट प्रभावित हुने स्थानहरुको पहिचान गरी क्षति न्यूनिकरण गर्न र हुनसक्ने जोखिबाट बचाउन विभिन्न टोलि परिचालन गरेको र केही तयारी अवस्थामा राखेको जानकारी दिए ।

अन्य क्षति :–
झापाः अदुवाखोलामा आएको बाढीले झापा विर्तामोड नगरपालिका–३ शान्ती टोलमा रहेका अन्दाजी ४०/५० घर डुबानमा परेका छन् । उक्त स्थानमा प्रहरीको टोली खटि गई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ ।

त्यस्तै वर्षाले भद्रपुर नगरपालिका–५ शान्तिटोलमा ३५ घर डुवानमा परेका छन् । पिडित परिवारहरुलाई स्थानीय भद्रपुर उच्च माविमा सारिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । त्यस्तै कन्काई नगरपालिका–८ सुकुम्वासी बस्तीमा पनि १० घर डुवानमा परेका छन् । पिडित परिवारहरु छिमेकीको घरमा शरण लिन पुगेका छन् ।

यस्तै केचनाकबल गाउँपालिका–५ पाठामारीमा अन्दाजी ४ हजारदेखि ५ हजारसम्म घर डुबानमा परेको जानकारी प्राप्त भएको छ, सोही गाउँपालिका–४ मा पनि अन्दाजी १५० घर डुबानमा परेका छन् ।

यसैगरी गौरीगंज गाउँपालिका–६ खजुरगाछीमा १४र१५ घर तथा सोही गाउँपालिका–२ मा अन्दाजी १००÷१५० घर डुबानमा परेका छन् । पिडित परिवारहरुलाई स्थानीय स्वास्थ्य चौकीमा लगेर राखिएको छ ।

यसैगरी वर्षाले अर्जुनधारा–८ मा अन्दाजी ३०/३५ घर तथा शिवसताक्षी नगरपालिका–८ सतार बस्तीमा २० घर डुबानमा परेका छन् । पिडित परिवारहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ ।

ईलामः– ईलामको चुलाचुली गाउँपालिका २ र ३ स्थित चाँजो खोलामा आएको बाढीले चुलाचुली ३ पेल्टिमारी बस्ने अनु राई र तार बहादुर राईको २/२ कठ्ठा जग्गा कटान गरेको, उनीहरुको घरसमेत जोखिममा रहेको जानकारी प्राप्त भएको छ । घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट टोली परिचालन भई जोखिममा रहेका परिवारहरुको उद्दार कार्य भईरहेको छ ।

सुनसरीः– सुनसरीको इटहरी उप–महानगरपलिका–४ स्थित बुढीखोलामा आएको बाढीले गैरीगाउँका अन्दाजी १५० घर, सृजना टोल, खोर्साने चौक, आँपगाछी, साथी फ्युल, सुकुम्वासीटोल, सुनौलो टोल र डुमटक्का आसपासका बस्तीहरु डुबानमा परेका छन् ।

त्यस्तै दुहवी नगरपालिका–४ मलहट्टीमा अन्दाजी ४० घर तथा मुसहर बस्ती नै डुबानमा परेको जानकारी प्राप्त भएको छ । पिडित परिवारहरालाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ ।

त्यस्तै सेउती खोलामा आएको बाढीले सुनसरी रामधुनी नगरपलिका–६ बक्लौरीस्थित अन्दाजी १० घर डुबानमा परेका छन् ।

त्यस्तै ईटहरी उपमहानगरपालीका–३ मा १५० घर, वडा नम्बर ४ मा ३०/४० घर, वडा नम्बर १० मा १५/२० घर, वडा नम्बर २० मा १५/२० घर डुबानमा परेका छन् । डुवान क्षेत्रहरुमा क्षेत्रीय गण, दंगा तथा स्थानीय प्रहरी कार्यालयहरुबाट उद्दार टोली तथा अन्य सुरक्षा निकायको टोली परिचालन भएका छन् ।

त्यस्तै वर्षासँगै खसेको पहिरोले धरान उपमहानगरपालीका–४ निसानेडाँडास्थित कोशी राजमार्गमा अन्दाजी ४० मिटर सडक भत्किएको छ, सडक भत्किएको कारण सवारी साधनहरु आवागमन अबरुद्ध भएको छ, घटनास्थलमा ईलाका प्रहरी कार्यालय धरानको टोली परिचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close