नाट्टा अध्यक्षका लागि अच्युत गुरागाईद्धारा उम्मेद्धारी घोषणा   •   समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट   •   यस्तो छ एनएमएको 'माउन्टेन फेस्टिवल २०१७'   •   सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो   •   सगरमाथाको उचाइ नाप्न अमेरिका, चीन, भारत, जापानका विज्ञहरुसँग छलफल   •   दलितसम्बन्धि समस्या समाधानका लागि सामुहिक पहल आवश्यकः आयोग सदस्य पौडेल

सोलुखुम्बु विश्वकर्मा सेवा समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

फोटो फिचरसहित

  • चन्द्रकला चाम्लिङ

ddकाठमाडौं, २८ साउन । ‘क्रियाशील एवम् उर्जाशील नेतृत्व आजको आवश्यकता, सन्तुलित र समाबेशी प्रतिनिधित्वका लागि हाम्रो एेकेबद्धता’ भन्ने मुल नाराका साथ स्थापित सोलुखुम्बु विश्वकर्मा सेवा समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार तिनचुलीस्थित बौद्ध गार्डेन पार्टी प्यालेसमा एक बिशेष समारोहको आयोजना गरी समाजले आफ्ने तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

गोकर्नेस्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा बिभिन्न बिधाका प्रतिभाशाली ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गायक अनिल बिरही घिमिरे, इन्डियाको चर्चित जि टिभीमासमेत आफ्नो प्रस्तुति दिईसकेकी बेली डान्सर पिङ्की सापकोटा, घाम लाग्यो घमाइलो जस्ता चर्चित गीत गाएकी गायिका सोमिया बराइली र टाइकान्दो खेलाडी ब्रिजेश बराइली रहनुभएको छ । सोही अवसरमा समाजका ७ जना जेष्ठ ब्यक्तित्वहरुलाईसमेत सम्मानित गरियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख आतिथि सन्तोष चालिसेले नगरपालिकाको लागि ६३ करोडको बजेट सार्वजनिक गरिसकेको बताउदै सोही बजेटमार्फत यहाँभित्रका सबै समुदायको उत्थानका कार्यक्रमहरु अगाडी बढाउने बताउनुभयो । हामीले नगरपालिकाको लागि बजेट छुटाइसकेका छौ’ चालिसेले भन्नुभयो ‘तपाइहरुले पनि कार्यक्रम बनाएर ल्याउनुस्, म तपाईंहरुलाई हरेक खालको सहयोग गर्छु । जुनसुकै अवस्थामा पनि तपाईंहरुसँग सहकार्य गरेर अघि बढ्छु ।’ बिगतदेखि नै समुदायलाई एक ढिक्का बनाएर हरेक क्षेत्रको बिकासका लागि समाजले योग्दान पुर्‍याउदै आएकोमा प्रशम्सा  गर्दै आगामी दिनमा यसलाई थप प्रभाबकारी बनाउन आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष रुद्रबहादुर विश्वकर्माले समुदायको उत्थानका निम्ति एकता जरुरी रहेको भन्दै समाजले अघि बढाएको योजना तथा कार्यक्रममा सहभागि हुनको लागि सबैलाई अनुरोध गर्नुभएको छ । समाजले सामुहिक जग्गा खरिद गरिसकेको र उक्त जग्गामा छिट्टै सामुहिक भवन निर्माण गर्नको लागि पहल भईरहेको बताउदै उहाले तार्केश्वर नगरपालिकालाई समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल एकिक्रित विश्वकर्मा सेवा समाजका अध्यक्ष गोपाल विश्वकर्मा, समाजका सम्रक्षक रुद्रबहादुर बराइली, शिखरपोष्ट मिडिया ग्रुपका अध्यक्ष प्रकाश खालिङलगायतले दलित समुदायको उत्थानका निम्ति जनचेतना जगाउनुपर्नेमा जोड दिए । सो अवसरमा गायक अनिल बिरही घिमिरे, बेली डान्सर पिङ्की सापकोटालगायतले साङ्गीतिक प्रस्तुतिसमेत दिए ।     IMG_4595 IMG_4604 IMG_4627  IMG_4637 IMG_4638IMG_4629 IMG_4642 IMG_4648  IMG_4661IMG_4652  IMG_4706 IMG_4713 IMG_4733

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close