प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण

५ नयाँ कीर्तिमान

olympic-gaurika-sing_080216020637काठमाडौं । ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमानसहित ६ स्वर्ण बनाउँदै सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन्।

ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सबै विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन्। प्रतियोगितामा उनले ६ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन्।

बिहीबार भएको पहिलो प्रतियोगितामा गौरिकाले दुई स्वर्ण जितेकी थिइन्। आज भएको दोस्रो तथा अन्तिम खेलमा उनले तीन कीर्तिमानसहित चार स्वर्णपदक हात पारेकी हुन्।

बिहिबार दुई इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले प्रतियोगिताको अन्तिम दिन अर्थात शुक्रबार १०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाईं र ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै प्रतियोगितामा पाँच राष्ट्रिय कीर्तिमान बनाईन्।

१०० मिटर फ्रिस्टाइलमा गौरिकाले हिट चरणमा १ मिनेट ० दशमलव ७९ सेकेण्डको नयाँ कीर्तिमान कायम गरेकी हुन्। फाइनल चरणमा भने गौरिकाले १ मिनेट २ दशमलव ३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन्। यसअघि यो कीर्तिमान दुवईंमा सन् २०१६ मा भएको आइरिस ओपन च्याम्पियनसिपमा १ मिनेट १ दशमलव ७८ सेकेण्डका साथ गौरिकाको नाममा थियो।

यस्तै कान्छी ओलम्पियन गौरिकाले १०० मिटर बटरफ्लाईमा १२ औं सागमा आफैंले राखेको कीर्तिमान भंग गरिन्। उनले १ मिनेट ७ दशमलव ६९ सेकेण्डको समय निकालिन्। १२ औं सागमा गौरिकाकै नाममा १ मिनेट १० दशमलव ९४ सेकेण्डको समय थियो।

५० मिटर फ्रिस्टाइलमा गौरिकाले १२ औं सागमा सोफिया शाहले राखेको कीर्तिमान भंग गरिन्। उनले हिट चरणमा २८ दशमलव ९ सेकेण्डका साथ कीर्तिमान बनाएकी हुन्।

फाइनल चरणमा गौरिकाले २८ दशमलव ५० सेकेण्डको समय निकालिन्। यसअघि सोफियाले १२ औं सागमा २८ दशमलव ८५ सेकेण्डका साथ कीर्तिमान बनाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close