होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

१८ सांसदको पद धरापमा, आज पार्टीले निस्कासन गर्दै

37209

samsadभदौ ६,काठमाडौं । राप्रपाका १८ जना सांसदको पद धरापमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ह्वीप नमान्ने सांसदहरुलाई आज सांसद नरहेको जानकारीसहित कारवाही गर्ने भएको छ । बिहान बैठक बसि राप्रपाले संशोधन विधेयकको विपक्षमा भोट हाल्न तथा मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुन भनि ह्वीप जारी गरेपनि ३७ मध्ये १८ सांसदले त्यसको उलंघन गरेपछि कारबाहीको तयारी गरेको हो । राप्रपाको निर्णयपछि १८ सांसदको पद जोखिममा पर्नेछ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले ह्वीप बमोजिम १९ सांसदले संशोधन विधेयकको विपक्षमा भोट हालेको बताउँदै ह्वीप नमान्नेको सम्बन्धमा निर्णय गर्न आज बिहान केन्द्रीय कार्यसम्पादन तथा संसदीय दलको संयुक्त बैठक बोलाइएको बोलाइएको जानकारी दिए । आजको बैठकबाट ती सांसदहरुलाई निष्काशनसम्मको कारबाही गर्ने तयारी गरिएको छ ।

आज संशोधन विधेयक निणायर्थ प्रस्तुत हुँदा संसद बैठकमा अनुपस्थित भएका १८ सांसद पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा लागेको बुझिएको छ । राप्रपाको बिहान सम्पन्न संसदीय दलको बैठकले संशोधनको विपक्षमा मत हाल्न सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*