प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

ल्होत्सेमा नयाँ कीर्तिमान कायम गर्न पाँचौ प्रयास

टोलीलाई सफलताको शुभकामनासहित एनएमएद्वारा बिदै

hongशिखरपोष्ट/काठमाडौं, २४ भदौ । दक्षिण कोरियाका आरोही साङ तेयक होङ ल्होत्से हिमाल (८,५१६) को आरोहणमा कीर्तिमान राख्न पाचौ पटक जुटेका छन् । होङको आरोहणमा नेसनल जोग्राफी र जिसेभन कम्पनीले सहयोग गरेका छन् ।

यसअघि चार पटकसम्म प्रयास गरे पनि दक्षिणी रुटबाट कोरियाली आरोही होङ सफल हुन सकेका छैनन्। उनलाई साथ दिन यस वर्ष आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरिसकेका दक्ष स्पेनी अरोही इगोचेएगा जोर्गे सँगै जादैछन् ।

सगरमाथा (८,८४८) र सिसापाङ (८,०४६) हिमालको सफल आरोहण गरिसकेका उनले कुनै पर्वतारोहीले आरोहण गर्न नसकेकाले आफूले प्रयास जारी राखेको बताए । ट्रेकिङ क्याम्प नेपालले आरोहण दललाई व्यवस्थापन गरेको छ । नयाँ कीर्तिमान भएकाले एजेन्सीले दक्ष गाइड, सरदार र सहयोगी खटाएको प्रमुख वाङ्चु शेर्पाले बताए ।
यसअघि सगरमाथा जाने तीन क्याम्पबाट बाटो अलग्गिएर साधारण रुटबाट ल्होत्से हिमालको आरोहण गरिँदै आएको थियो । आठ हजार मिटरमाथिका १६ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका कोरियाली आरोही ओम ओङग्याललाई सम्मान गर्न पनि ल्होत्सेको दक्षिणी रुटबाट आरोहण प्रयास जारी राखेको होङले बताए ।

टोलीलाई सफलताको शुभकामनासहित नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, महासचिव कुलबहादुर गुरुङ, सचिव टिकाराम गुरुङ र कोषाध्यक्ष सुदर्शन न्यौपानेले संयुक्त रुपमा बिदाइ गरे ।

कोरियाका १३ र स्पेनका एक गरी १४ सदस्यीय आरोहणदल शनिबार बेसक्याम्पतर्फ प्रस्थान गर्ने एजेन्सी प्रमुख शेर्पाले बताए । आरोहण दललाई गाइड फुर्वा ओङग्याल र मिङ्मा दोर्ची शेर्पाले नेतृत्व गर्नेछन् । टोलीले कात्तिक २५ गते सफल आरोहण गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close