प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

‘होमस्टे’ के हो ?

होमस्टे सञ्चालन गर्दा ध्यान दिनुपर्ने ९ कुराहरु:

  •  शिखरपोष्ट डेक्स

Gumba-Danda-13काठमाडौं, २५ भदौ । आफ्नै घरमा केहि कोठा छुट्टयाई पाहुनालाई बस्ने व्यवस्था मिलाउने र आफूले खाने गरेको स्थानीय खानेकुरा सफा किसिमले ख्वाउनु लाई होमस्टे भनिन्छ । आफू बस्ने घरमा बढीमा चारवटा कोठमा पाहुनालाई सुत्नका लागि छुट्टयाई होटलमा दिए जस्तो सेवा तथा सुविधाहरु होमस्टेमा दिइनु पर्दछ ।

होमस्टे रहेका होटल ठाउँ अत्यन्त सफा र स्वच्छ हुनुपर्छ र पर्यटक हरुको लागि सुरक्षाको दृष्टिकोणबाट सुविधाजनक पनि हुन हनिवार्य हुन्छ । हरेक सुत्ने कोठामा सफा र आकर्षक तथा सुविधाजनक ओढ्ने, ओछ्यान, ऐना, २ वटा मेच, १ टेवल, लुगा राख्ने दराज र पाहुनाका लागि पिउने पानी राम्रो व्यवीथा हुनुपर्छ । शहर बजार क्षेत्रमा फोन र टिभिको सुविधा हुनुपर्दछ ।

यसको अलावा होमस्टेमा उल्लेखित पूर्वाधार हुनु आवश्यक छ ।

१. सुत्ने कोठा कम्तीमा एक वटा र वढीमा चार वटा हुनुपर्ने र सबै सुत्न पर्याप्त र आरम गर्ने न्यस्नतम पुग्ने हुुनुपर्दछ ।

२. सबै कोठाहरुमा फर्निचर, बिजुली वा अन्य प्रकाशको प्रबन्ध हुनुपर्ने ।

३. सबै कोठाहरु नेपाली कला र संस्कृति झलकाउने किसिमले सजाइएको हुनुपर्ने ।

४. स्नानगार तथा शौचालयको व्यवस्थाको साथै राम्रो र आधारभूत साधनहरु जोडिएको र पर्याप्त मात्रामा सकेसम्म तातो र चिसो पानीको प्रबन्ध हुनुपर्ने ।

५.भोजन गर्ने कोठा (डाईनिङ हल ) र भान्छा कोठा आवश्यक सामानसहित सफासुग्घर हुनुपर्ने ।

६. लुगा धुने राम्रो प्रबन्ध हुनुपर्ने ।

७. कामदार तथा कर्मचारीहरु राखिएको भए तिनीहरुको पोशाक सफासुग्घर र एकनासको हुनुपर्ने ।

८. सकेसम्म ऋतु अनुसार पंखा वा हिटरको प्रबन्ध हुनुपर्ने ।

९. प्राथमिक उपचार हुनुपर्ने ।

@ourtourism

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close