प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

भ्रमण वर्ष सन् २०२० को लक्ष्य पूरा होला ?

निनाम लोवात्ती कुलुङ

निनाम लोवात्ती कुलुङ

केही समयअघि आएको समाचार अनुसार नेपाल सरकार अन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२० लाई फेरि ‘नेपाल भ्रमण वर्ष २०२०’ वर्ष मनाउने प्रस्ताव मन्त्रीपरिषदमा प्रस्ताव पठाएको छ । समाचार अनुसार सन् २०२० मा १५ लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने, प्रति पर्यटक प्रति ६५ अमेरिकी डलर खर्च गराउने र प्रति पर्यटक दैनिक १५ दिन बसाई अवधि पुर्याउने लक्ष्य लिइएको जनाइएको छ । यो ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्ष्य पूरा गर्न सकिन्छ ।

किनभने, विगतको सरकारले पनि सन् २०२५ सम्ममा नेपालमा २५ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको हो । त्यस्तै सन् २०१८ मा पनि २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०१८’ मनाउने घोषणा गरेको थियो । जुन वास्तवमै पूरा हुन नसक्ने खालको थियो । एक त सन् २०१८ सम्ममा नेपालको कुनै पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु ( हाल भन्दै गरेको भैरहवा र पोखरा) बनी सक्दैन भने हाल चालु रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै वार्षिक २० लाख पर्यटक धान्न सक्ने कुरै भएन । त्यसबाहेक विदेशी/स्वदेशी पर्यटकका लागि गन्तव्यसम्म पुग्नका लागि चाहिने आन्तरिक विमानस्थल, सडक यातायात, होटल/लजको व्यवस्था, होटल÷लजको व्यवस्था नभएको ठाउँमा क्याम्पिङको व्यवस्था पनि प्रशस्तै गर्नुपर्ने हुन्छ ।

हुन त सन् २०१५ मा पनि ११ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भूत हामीमाथि नचढेको कहाँ हो र ? धन्य सन् २०१५ मै प्राकृतिक विपत्ति अर्थात् भूकम्प आयो भने त्यही वर्ष भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी गरेको हुनाले दोष जति भूकम्प र भारतलाई दिएर पाँच लाख, ३८ हजार, नौसय, ७० जना विदेशी पर्यटक मात्रै नेपाल आएकोमा सन्तोष मान्यौं ! थाहा छैन, कदाचित सन् २०२० मा पुनः मनाउन लागिएको नेपाल भ्रमण वर्षमा पनि तोके अनुसार अर्थात् १५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्न आएनन् भने दोषको भारी कसको टाउकामा हाल्नु पर्ने हो ? अहिले नै भन्न सकिन्न । तर, हाल स्तरोन्नति हुँदै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्लथ बनेमा र, नेपालबारे अन्तर्राष्ट्रिय समाचार संस्थाहरु बीबीसी, सीएनएन, नेसनल जिओग्राफी, डिस्कभरी, एनीमल प्लानेट, एनएचके, सिन्ह्वा र ट्रिप एडभाइजर, लोन्ली प्लानेट, रफ गाइड आदिमा लगातार प्रचारप्रसार भएमा निश्चय नै सन् २०२० मा १५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्न ठूलो कुरो हुने छैन ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्न नसक्नुमा विभिन्न कारणहरु छन् नै । तर, पहिलो कारण, हवाई यातायातको अभाव नै हो । खासगरी यो समस्या नेपालको अन्तर्राष्ट्रिय हवाई उडानमा देखिन्छ । त्यस्तै नेपालका विभिन्न राजनैतिक पार्टी र तिनका भातृ संगठन, धार्मिक संघसंस्था, जातीय संगठनहरु, स्थानीयवासीहरु लगायतले गर्ने बेमौसमी बन्द–हडताल र चक्काजाम जस्ता कार्यक्रम पनि अर्को प्रमुख कारण हो । त्यस्तै  नेपालमा पर्यटक संख्या बढाउन पूर्वाधार विकासका लागि सरकारी निकाय र निजीक्षेत्रले प्रशस्त लगानी गर्नुपर्ने देखिन्छ । हालको टड्कारो आवश्यक्ता भनेको अन्तर्राराष्ट्रिय विमानस्थल मुख्य हो भने पर्यटकस्तरीय होटल÷लज, सडक यातायात, आन्तरिक विमानस्थलदेखि लिएर गाऊँ–घरका गोरेटो÷घोडेटो बाटो निर्माण र मर्मत सम्भार लगायत पर्छन् ।

केही महिनाअघि, नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकहरु खासगरी युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, एसियाकै मध्यपूर्वका देशहरु, जापान, दक्षिण कोरिया, चीन, म्यानमार लगायतका पर्यटकहरु हवाईजहाज अभावकै कारण आउन सकेका छैनन् भन्ने समाचार आएको थियो भने कतिपय पर्यटकहरु नेपाल आउनका लागि कम्तिमा २ वा ३ वटा गन्तव्य फेरेर आउनु पर्ने र, त्यसका लागि टिकट असाध्यै महँगो हुनाले चाहेर पनि उनीहरु नेपालको भ्रमण गर्न आउन नसकेको देखिन्छ ।

kehinajannekulung@gmail.com

Subscribe to Comments RSS Feed in this post

One Response

  1. तत्कालिन् ओली सरकारले पर्यटन वर्ष २०१८ मनाउने घोषणा गर्दा २० लाख नभएर १० लाख पर्यटक ल्याउने लक्ष्य निर्धारण गरेको थियो । पछि काँग्रेस माओवादी गठबन्धनले तयारी गर्न समय नपुगेको भन्दै यो पर्यटन वर्ष २०२० लाई सारेका हुन् । यद्यपी सरकारी प्रयास बिना नै २०१८ मा १० लाख पर्यटन आउला जस्तो छ ।
    २०२० मा १५ लाख पर्यटक नेपालमा पाउन
    १. कम्तीमा भैरहवा अन्र्तराष्ट्रिय बिमानस्थल सम्पन्न भएर पनि सञ्चालनमा आईरहेको हुनुपर्नेछ,
    २. नेपाल बायुसेवा निगमले त्यो बेलासम्म कम्तिमा थप ४ वटा एयरबस किन्ने योजना बनाएको छ त्यो किनिसकेको हुनुपर्नेछ ।
    ३. तातोपानी र रसुवागडी नाका खुलेर चीनिया पर्यटकहरु उक्त नाँकाबाट सजिलै ओहोर दोहोर गर्न सक्ने हुनुपर्नेछ,
    ४. राजनीतिक संक्रमणकालको पुर्ण अन्त्य भई राजनीतिक स्थायित्व प्राप्त भईसकेको हुनुपर्नेछ,
    ५ं. औद्यागिक क्षेत्र सहित पुर्णरुपमा लोडसेडिङ अन्त्य भईसकेको हुनुपर्नेछ ।
    मोटामोटी निनामदाईको लेखले पनि यही भन्न खोजेको छ । दाईजीको लेख दमदार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close