विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते   •   विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर   •   नारायणी र कोशीमा पानी जहाजको सम्भावना

अपर सोलु हाईड्रोपावर कम्पनी र प्रभावित क्षेत्रका स्थानीयबासीबीच आशिंक सहमति

38046
  •  शिखर गजरकोटे

Hydro-projects-pose-riskसोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधिन अपर सोलु हाईड्रोपावर कम्पनी र प्रभावित क्षेत्रका स्थानीयबासीबीच आंशिक सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा गत शुक्रबार बसेको सर्वपक्षीय वैठकले स्थानीयले राखेका मागलाई केन्द्र भागमा राखेर पुरा गर्न सकिने मागलाई तत्काल कार्यान्वयन गर्नेगरी द्धिपक्षीय सहमति हो ।

सोलुदुधकुण्ड नगरपालिका ७ साल्मेका प्रभावित १९ परिवारले राखेको ७ बुँदे मागका आधारमा छलफल गरि निष्कर्ष स्विकार्ने सहमतीको आधारमा प्रभावित क्षेत्रको वास्तविकता पहिचानका लागि उच्च स्तरिय प्राविधिक विज्ञ टोली तत्काल गठन गर्ने निर्णय गरिएको छ । यसअघि साल्मेका स्थानीयले माथिल्लो र तल्लो सोलु हाईड्रो पावर कम्पनीको कामले बस्ति बाढि पहिरोको जोखिम परेको भन्दै पुर्नस्थापनको माग गर्दै आएका थिए । तर हाईड्रोले पुर्नस्थापना गर्न नसक्ने भएपछि सहमतिका लागि प्रभावित क्षेत्रका स्थानीय लचक बनेका हुन् । गठित टोलीको प्रतिवेदनलाई दुवै पक्षले स्विकार्ने सहमति समेत गरिएको हो ।

सांसद बल बहादुर केसी, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा उपस्थित वैठकले प्रभावित समुदायले राखेको जीवन विमाको मागलाई हाईड्रोको माथिल्लो निकायसम्म पुर्नव्याख्या गर्ने, प्रभावित परिवारका लागि २ करोड फ्रि सेयर वापत् डिप्याड खातामा जम्मा गर्नुपर्ने मागका सम्बन्धमा सम्बोधनका लागि हाईड्रोको बोर्ड वैठकमा पेश गर्ने र १५ दिन भित्रमा सकारात्मक निर्णय पेश गरि द्धिपक्षिय सहमति गरिएको छ । त्यस्तै, प्रभावित १९ परिवारमा एक घर एक रोजगारीको व्यवस्था मिलाउन हाईड्रो सहमत देखिएको छ । उनीहरुको क्षमताको आधारमा रोजगारी प्रदान गरिने सहमति गरिएको हो ।

हाईड्रोले नेपाल सरकारसंग प्रतिवद्धता गरेको सामाजिक उत्तरदायित्व भित्रका काम गर्न तत्काल शुरु गर्ने गरि गरिने केहि काम समेत तोकिएको छ । साल्मे स्थित पौराणिक पक्कि पाटीको निर्माण गर्ने, प्रभावित साल्मे वस्तिलाई सल्लेरी च्याल्साको विद्युत प्रसारण लाईन विस्तार गर्ने, साल्मे र गार्मा क्षेत्रमा पर्ने पुरानो बाटोमा आवश्यकता अनुसार क्रसिङ पुल निर्माण गर्ने, आयोजनाको अवधिभर संचालनका लागि दक्ष स्वास्थ्यकर्मीको व्यवस्था सहित मेडिकल क्याम्प स्थापना गर्ने र साल्मे–गार्मा विद्यार्थी आवतजावतका लागि यातायातको व्यवस्था गर्ने गरि हाईड्रो र आन्दोलनरत पक्ष बीच समहती गरिएको छ । सहमति भएका कामहरु तत्काल अघि नबढाईए हाईड्रोको निर्माणमा रोक लगाउने चेतावनी समेत साल्मेका स्थानीयले दिएका छन् । -himalfm


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*