टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै   •   आर्थिक बृद्धिदरमा पर्यटन उद्योगको योगदान २५ प्रतिशत पुर्‍याउने मन्त्री अधिकारीको उद्घोष   •   मालिन्दोको जहाज भासिएपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प   •   संक्रमण र संघीयताका कारण आर्थिक वृद्धि घटेको विश्व बैंकको ठहर   •   सांसद दीपक मनाङ्गेलाई पक्राउ

पहिलो दिन पाँच कीर्तिमान

Shirish_-Gurung-_08-copy-19092017063749-1000x0 शिखरपोष्ट ,आश्विन ३, २०७४ (आर्मीका शिरीष गुरुङ र लिंकनकी तिसा शाक्यले राष्ट्रिय सातौं एनएसए कप पौडीको पहिलो दिन सोमबार ३–३ स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित स्पोर्ट्स कम्प्लेक्समा उनीहरूसहित आर्मीका अनुभव सुब्बा, एपीएफका शुभम श्रेष्ठ र लिंकनका अलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान पनि बनाए ।

शिरीषले ५७।६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउँदै १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हात पारे । उनले रियो ओलम्पिकमा बनाएको ५७।७६ सेकेन्डको आफ्नै कीर्तिमान सुधार गरेका हुन् । उनले २ सय मिटर इन्डिभिज्युअल मिड्ले र २ सय मिटर ब्याकस्ट्रोकमा पनि सफलता पाए । इन्डोर एसियन गेम्समा प्रतिस्पर्धा गर्न अस्गाबात जाने तयारीमा रहेका १८ वर्षे शिरीष गत वर्ष रियो ओलम्पिकमा सहभागी भएयता पहिलोपल्ट प्रतियोगितामा उत्रिएका हुन् ।

लिंकनका अलेक्जेन्डरले १ सय मिटर ब्याकस्ट्रोक १ मिनेट १०।९३ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए । उनले गत वर्ष २१ औं राष्ट्रिय खुला पौडीमा शिरीषले बनाएको १ मिनेट १२ सेकेन्डको समयलाई उछिनेका हुन् ।

शुभमले ३२।१९ सेकेन्डमा ५० मिटर ब्रेस्टस्ट्रोक पूरा गरी आफ्नै कीर्तिमान सुधार गरे । उनले गत वर्ष भएको २० औं राष्ट्रिय खुला पौडीमा ३२।४६ सेकेन्डको कीर्तिमान यसपालि उछिन्दै स्वर्ण जितेका हुन् ।

आर्मीकै अनुभवले ५० मिटर बटरफ्लाई २८।२५ सेकेन्डमा टुंग्याउँदै आफ्नै कीर्तिमान सच्याए । उनले दुई महिनाअघि हंगेरीमा सम्पन्न १७ औं फिना वल्र्ड च्याम्पियनसिपमा निकालेको कीर्तिमान ०।०१ सेकेन्डले सुधार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*