प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

प्रधानमन्त्री देउवा आज न्यूयोर्कतिर

sher-bahadur-deuba-08-1457411828असोज ३, प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय नेपाली प्रतिनिधिभण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाँदैछन्। संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन प्रधानमन्त्री देउवा २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ तारिखमा राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए। परियारका अनुसार प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल नाराका साथ सेप्टेम्बर १९ तारिखदेखि महासभा न्यूयोर्कमा सुरु हुँदैछ। प्रधानमन्त्री देउवाले न्यूयोर्कमा सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नेछन्।

प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। मस्कटमा खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाको २० सदस्यीय प्रतिनिधिमण्डलमा उनकी पत्नी आरजु देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, प्रमुख स्वकिय सचिव भानु देउवा, वरिष्ठ सञ्चारविज्ञ गोविन्द परियार, परराष्ट्र सचिव शंकरदास वैरागी, प्रधानमन्त्री देउवाका एडिसी अनुप विक्रम राणा, प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी कोमल शाह र प्रधानमन्त्रीका निजी सचिवरहेका उपसचिव बद्रीप्रसाद तिवारी रहेका छन्।

यस्तै, प्रोटोकल चिफ दिपक अधिकारी, शिषचार अधिकृत प्रथमा उप्रेती, परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव युवराज चौलागाईँ, पत्रकारहरु भिष्म ओझा, गोविन्द धिताल र अनुप घिमिरे पनि प्रधानमन्त्री देउवासँगै न्यूयोर्क जाँदैछन्। न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ।

पररराष्ट्रमन्त्री महरा न्यूयोर्क पुगे

परराष्ट्रमन्त्री महरा भने संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन सोमबार नै न्यूयोर्क पुगेका छन्। परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्ने छन्। महराले असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close