प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

पर्यटन ब्यबसायीहरुले एउटै मञ्चबाट भने ‘खुम्बुमा शुल्क असुल्ने निर्णय मान्दैनौ’

छलफलबाट समस्याको समाधान खोजिनुपर्ने पर्यटन बिभागको धारणा

  • शिखरपोष्ट रिपोर्टर

neat_xalfalकाठमाडौं, ३ असोज । खुम्बु पासँग पासाङल्हामु गाउँपालिकाले विदेशी पर्यटकबाट प्रतिब्यक्ति दुई हजार रुपैयाँ प्रवेश शुल्क असुल गरेको निर्णयबिरुद्द पर्यटन ब्यबसायीहरु एकजुट भएका छन । गत असार २५ गते गाउँपालिकाको बैठकले गरेको सो निर्णयको विषयमा नेपाल पर्यटन व्यवसायि संघ (निट)ले आयोजना गरेको छलफल कार्यक्रममा पर्यटन व्यवसायिहरुले सो निर्णय आँफुहरुलाई मान्य नहुने बताएका हुन ।

सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पर्यटन व्यवसायी संघ (निट नेपाल)का अध्यक्ष दिपक महतले नेपालको पर्यटन व्यवसाय धराशयी बनाउने कुनै पनि प्रकारको निणर्यहरु आँफुहरुलाई मान्य नहुने बताए । “एउटा गाउँपालिकाले नेपाल पर्यटन वोर्ड ऐनका आधारमा सञ्चालमा आएको टिम्सलाई चुनौति दिनु भनेको पुच्छरले जिउ चलाउने दुस्साहस हो”–महतले भने ।

नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले सवै गाउँपालिकाले पर्यटकसंग दुई दुई हजार रुपैयाँ उठाउने हो भने ट्रेकिङ कम्पनीहरु बन्द गर्नुपर्ने वताउँदै प्रदेश र संघले पर्यटन गुरुयोजना निर्माणमा ध्यान दिनुपर्ने तर पर्यटक संग शुल्क असुल्ने अधिकार दिन नहुने बताए ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले टिम्सका वारेमा व्यवसायिहरुमा फरक मत रहेका कारण पनि यो समस्या आएको वताए । टानका पूर्व महासचिव सागर पाण्डेले टानले गाउँपालिकाको पत्र पाउनासाथ सो विषयमा छलफल चलाउन आवश्यक रहेकोमा त्यसो हुन नसकोको बताए ।

टान का पूर्व महासचिव मोहन लम्सालले यसरी गाउँपालिकाहरुले पर्यटकहरु संग पैसा असुल्दै जाने हो भने नेपाल महँगो प्याकेज लिएर विश्व पर्यटन वजारमा जान नसक्ने भन्दै संविधान संसोधन गरेर भएपनि यो विषयको समाधान खोज्नुपर्ने वताए ।

त्यस्तै नेपाल पर्यटन ब्यबसायी संगठनका संयोजक नवराज दाहालले यो निर्णय लागु भए पदयात्रा पर्यटन व्यवसाय धरापमा पर्ने बताए ।

युवा पर्यटन ब्यबसायी राजन सिंखडाले पर्यटन पूर्वाधार निर्माणको विषयमा समग्र पर्यटन क्षेत्र एक नभए सात लाख भन्दा वढि पर्यटक नेपाल ल्याउन मुस्किल पर्ने बताए । टान का पूर्व उपाध्यक्ष तथा निटका उपाध्यक्ष केशव पाण्डेले यो विषयले नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दिर्घकालिन असर पार्ने भन्दै यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको कारण निटले अग्रसरता देखाएको वताए ।

कार्यक्रमको अन्त्यमा बोल्दै पर्यटन विभागका निर्देशक सविन ढकालले यो समस्या संघियतामा जाँदाको संक्रमणकालिन समस्या भएको बताए । उनले संविधानले स्थानिय निकायले पर्यटक सेवा शुल्क उठाउने अधिकार दिएको भन्दै पर्यटन व्यवसायको दृष्टिकोणले यो उपयुक्त नभएका कारण पर्यटन शुल्क कुन निकायले उठाउने भन्ने विषयमा छलफल गर्न जरुरी रहेका वताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close