प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

नेपाल टेलिकमको ‘वाउ टाइम’ मोबाइल एप्स सुरु

wowtime_blueकाठमाडोै । नेपाल टेलिकमले टेलिभिजन, भिडियो तथा फिल्म हेर्न मिल्ने ‘वाउ टाइम’ मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । टेलिकमले विन नेपालसँगको सहकार्यमा एप सञ्चालनमा ल्याएको हो ।

एप्समा नेपाली, हिन्दीसहित विश्वका १ सय ३० टेलिभिजन च्यानल, विभिन्न विधाका भिडियो, फिल्म हेर्न र नेपाली रेडियो सुन्न सकिने छ । आवश्यकताअनुसार भविश्यमा टेलिभिजनको संख्या थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ । यो सेवा टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड र पोष्टपेड ग्राहकले प्राप्त गर्ने छन् ।

मोबाइल एप्स एन्ड्रोइड तथा आइफोन प्रयोगकर्ताले गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिना एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध  सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

एप्स र यसको प्रयोग वारेमा विस्तृत जानकारी www.ntc.net.np तथा www.wowtime.net बाट समेत प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close