प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

जलविद्युतबारे जानकारी दिन ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’

डेढ सय भन्दा बढी विदेशी स्टल रहने

  • शिखरपोष्ट रिपोर्टर

himalayanकाडमाडौं, ४ असोज । काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (आपीपीएएन) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त एक्स्पो आगामी पौष २१ गते देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल सरकार, राष्ट्रिय योजनाआयोगले यस एक्स्पोलाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन’, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ ।

नेपाल टनेलिङ एशोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ । यस एक्स्पो व्यवस्थापनको जिम्मा भने इभेन्ट सोलुसन प्रालिले लिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरणसहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुनेमा आफू बिस्वस्त रहेकोसमेत उनले बताए ।

एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीन भन्दा १ बर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय बर्षमा १ हजार मेगावाट बिधुत उत्पादन गर्न नसकेको तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उठाउँदै नेपालले पनि आधुनिक प्रबिधिलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले बिदेशमा प्रयोगमा आइसकेको नयाँ प्रबिधिबाट बिधुत उत्पादन गरेमात्र सस्तो हुने बताए । पत्रकार सम्मेलनमा हाइड्रोपावर डेभलपर्स, उत्पादक, हाइड्रपावरका एक्सपर्ट र एक्सपो आयोजकको उपस्थिति रहेको थियो ।

आयोजककाअनुसार एक्स्पोमा ३ सयभन्दा बढी जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानी कर्ता, बैंक, जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् । एक्स्पोमा इन्जिनियरिङ वेस भएका विद्यार्थिका वीचमा विभिन्न प्रतिस्पर्धा पनि गरिनुका साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिने छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ । हालै नेपाल सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close