गैर आवासीय नेपाली संघको १० अर्ब रुपैँयाको पूर्वाधार कोष   •   खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग   •   पवित्र तिर्थस्थल तिलिचोमा खिचिएको विदेशी पर्यटकको नांगो फोटो भाईरल   •   लुम्बिनी विकास कोषको सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा   •   यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्   •   महिला आत्मनिर्भरताको नारा बोकेर ३ महिला आरोही सगरमाथा चढ्दै

सगरमाथाको टुप्पोमा रँहदा सबै उत्पिडनबाट मुक्त भएको भान हुन्थ्यो

पहिलो दलित सगरमाथा आरोही घिमिरेको मर्मस्पर्शी भावना

  •  विजय घिमिरे

bijaya shikharpost copyमेरो देशमा मन्दिरहरुको उचाइ निकै माथी छ । अग्ला र राम्रा वस्तुहरु हाम्रा स्वामित्वमा हुँदैनन् भन्ने मैले केटाकेटी हुँदादेखि नै बुझेको थिँए । नहुँदो हो त, दुई तले मन्दिरलाई मानिसको मन भन्दा अग्ला र बृहत मानेर दलितहरुको आस्था र मनलाई मन्दिर बाहिरै सायदै राखिन्थ्यो होला । ती अग्ला मन्दिरहरुमा म आँफै अग्लो भएर कहिल्यै पुजा गर्न पाइन ।

मन्दिरहरु अरु नै कसैको अधिनमा थिए । तर सगरमाथामाको शिखरमा पुगेपछि मलाई लाग्यो, खास उचाईहरु त कसैको अधिनमा नहुँदा रहेछन् ।  शिखरमा हँुदा, मेलै शिखरका भुँइहरु छुइरहे, किनकी मलाई तल जमिनका थुप्रै ठाँउहरु छुन नपाएका गहिरा प्यासहरु मेट्नु थियो । म माथीको आकाशमा मैले बेप्रवाह मेरा दुबै हातहरु हल्लाइरहे । शालिनता पुर्बक लच्किरहेका मेरा हातहरुलाइ कसैले रोकेन ।

सगरमाथाको टुप्पोमा रँहदा मलाई सबै खालका उत्पिडनबाट मुक्त भएजस्तो भान भइरहेको थियो । मलाई थाहा थियो शिखरमा अनुभव गरेको निरपक्ष मुक्ति तल झरेपछि सापेक्षिक हुनेछ । किनकी तल फर्केपछि म मेरो समुदायलाई उत्पिडनबाट मुक्ति दिलाउन अझै मैले विद्रोहका थुप्रै कठिन पहाडहरु चढ्नुपर्नेछ  । जब म फर्किदा तल झर्न लागे,अचानक एउटा प्रश्नले मलाई नराम्ररी ढक्का दिइरह्योे ।

मेरा देशका मन्दिरहरुको गजुरलाई कहिलेदेखि यसरी नै सुम्सुम्याउन सक्छु होला, जसरी सगरमाथाको शिरलाई सुम्सुमाएको थिए । झण्डै १५० किलोमिटर प्रति घण्टाको वेगमा बहेको हावाको झोक्कालाईसमेत फिक्का बनाउने गरी मलाई त्यो प्रश्नले हल्लाइरह्यो । माथि चढ्दा गहिरा गहिरा गल्छीहरुमा हामी भ¥याङ हालेर पार गर्दथ्यौँ । भ¥याङसँगै हामी रसीहरुको पनि प्रयोग गर्दथ्यौँ । माथी उक्लिँदै गर्दा रसीका गाँठोहरु फुक्दै जाँदा मलाई यस्तो पनि लागेको थियो, यता रसिका गाँठोहरु फुक्दै जाँदा उता पशुपतिको भट्टहरुको जनैमा गाँठो पर्दै पो छ कि ?

खैर, मैलै क्लाइम्बिङ रोपका गाँठाहरु फुकाइरहँदा, गाँठाहरु अरु कतै अन्त ठाँउमा पनि पर्लान् । तर मैलै फुकाएरै छाँडे जुन मेरो पुर्खाहरुको लागी सयौँ बर्षदेखि जटिल बनेर बसेको थियो । 20106276_484332538568538_8445869171001644979_n
(लेखक घिमिरे पहिलो दलित सगरमाथा आरोही हुनुहुन्छ ।)

Subscribe to Comments RSS Feed in this post

2 Responses

  1. Bhadai xa bhai

  2. Sarae khusi ko kura yesae gari agi badnu hos suvakamana

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close