प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

‘छक्का पञ्जा–२’ र ‘मेरो पैसा खोइ’ एकसाथ प्रदर्शनमा

images_cms-image-000032800११ असोज, फूलपातीको अवसर पारेर आज दुई फिल्म एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन्। ‘६क्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा–२’ र ‘मेरो पैसा खोइ’ एकसाथ प्रदर्शनमा आएका हुन्।

दिपा श्री निरौला निर्देशित ‘६क्का पञ्जा – २’ र रोज राणा निर्देशित ‘मेरो पैसा खोइ’ एकैसाथ रिलिज हुनुसँगै केही समानता भएका फिल्म छन्। दुवै फिल्म कमेडि जनरामा निर्माण हुन् लागेका छन् भने अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङ पनि दुवै फिल्ममा दोहोरिएका छन्।

फिल्म ‘६क्का पञ्जा – २’ मा दीपक राज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल,केदार घिमिरे, शिवहरी पौड्याल लगायतको अभिनय छ। ‘मेरो पैसा खोइ’ मा वर्षा राउत, सौगात मल्ल, बुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म ‘६क्का पञ्जा – २’ देशका झण्डै एक सयभन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको छ। उता दर्जनभन्दा बढी हलमा आजबाट प्रदर्शनमा आएको फिल्म ‘मेरो पैसा खोइ’ भने उपत्यका बाहिर असोज २० गते मात्र प्रदर्शनमा आउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close