प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

महाकुलुङ हेर्न जान्छन् कि हेर्दै जान्छन् ?

वागमान कुलुङ

वागमान कुलुङ

१९६० को दशकताका लुक्ला हवाईमैदानको बिकल्पको खोजी हुने क्रममा महाकुलुङको पिचिरिम प्राविधिकहरुको पहिलो रोजाईमा परेको थियो । तर पर्यटन बुझ्न नसकेका त्यसबेलाका स्थानीयले बनाउन दिएनन् । पर्यटकहरुले बहुमुल्य खनिज पदार्थहरु (मणी) उत्खनन् गरेर लान्छन् भन्ने त्यसबेलाका स्थानीयहरुमा भ्रम थियो । त्यसपछि लुक्ला सारिएको हवाईमैदान आज नेपालको सबैभन्दा ब्यास्त हवाईमैदानको रुपमा चिनिन्छ । छ दशकअघि खुम्बुक्षेत्रका पर्यटन विकासको प्रमुख केन्द्रको रुपमा हेरिएको महाकुलुङका जनतालाई आज आएर पर्यटनको विकास अपरिहार्य लाग्न थालेको छ । यसवर्षको स्थानीय चुनावमा पनि कतिपय ठुला राजनीतिक दलहरुले पर्यटन समृद्व महाकुलुङको पहिलो आधारको रुपमा प्रस्तुत गरे भने कतिपयले कृषिपछिको दोस्रो आधारको रुपमा प्रस्तुत गरे । जे भए पनि महाकुलुङमा पर्यटनको विकास अपरिहार्य भईसक्यौ भन्नेमा चाही दुईमत छैन ।

यही आवश्यकताको महशुसले नै आज गुदेलमा हवाईमैदान बनाउन पहल भईरहेको छ । गुदेलबाट मार्मेकु–केन्पा–खोङमाडिङमा र गुदेलबाट छेस्काम–मुद्वि खोङमाडिङमाहुदै सेतीपोखरीसम्मको दुई पर्यटन पदमार्गहरु बनाउन पहल भईरहेको छ भने यता बुङबाट खिराउले–छाराखर–कोठे–खहेरसम्मको पर्यटन पदमार्ग स्तरोन्नतीको पहल भईरहेको छ । त्यसै गरी बुङमा एउटा पर्यटन सुचना केन्द्र र बिशाल आदिवासी संग्रालयको कुरा पनि जोडदार उठिरहेको छ । त्यसबाहेक तोखखम, चालिम्खम्, पोम्लालुङ संरक्षण र केन्पा, भुकुर लगायतका हिमालहरुमा हिमालयन भ्यु टावरका कुरा पनि उठिरहेका छन् । यी उठेका भौतिक विकासका विषयहरुमा पनि स्थानीयबीच धेरै मत मतान्तर छैन यद्यपी कुन योजना पहिला, दोस्रो वा तेस्रोमा सम्पन्न गर्ने भन्नेमा भने बुझाई धेरै फरक देखिदैछ ।

खासमा बिदेशी पर्यटकहरु महाकुलुङ हेर्न जान्छन् कि हेर्दै जान्छन् ? अथवा बरुञ्जे, चाम्लाङ, मेरा र मकालु जस्ता हिमालहरुले तानेका विदेशी पर्यटकहरुलाई महाकुलुङमा भएका ऐतिहासिक, धार्मिक र प्राकृतिक पक्षले अझ तान्न सघाउछ ? कि महाकुलुङमा भएका ऐतिहासिक धार्मिक र प्राकृतिक पक्षले तानेका विदेशी पर्यटकहरुलाई यी हिमालहरुले तान्न सघाउछ ? यी कुरामा एकमत हुन नसक्दा आज महाकुलुङका पर्यटन विकासका प्राथमिकताहरु पनि एकमत हुन सकिरहेको छैन ।

Mahakulung 3 Chhemsing villageक) बढीजसो पर्यटकहरु महाकुलुङ हेर्न जानेछन्:
यदी हामी यो कुरामा बढी विश्वास गर्छौ भने महाकुलुङका तोसखम्, चालिमखम्, पोम्लालुङ, गुम्बा, मठमन्दिर, बिशाल संग्रालय आदिको निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने हुन्छ । किनकी यो मान्यतामा महाकुलुङले पर्यटक तान्ने भएकोले यी कुराहरु पहिलो आवश्यकतामा पर्छ र हिमालहरुले पर्यटक तान्न सघाउने भएकोले हिमालतिर जाने बाटो र पूलहरु दोस्रो प्राथमिकतामा पर्छ ।

ख) बढीजसो पर्यटकहरु महाकुलुङ हेर्दै हिमालतिर जानेछन् :
यदी हामी यो कुरामा बढी विश्वास गर्छो भने बुङबाट छाराखर हुदै खहरेसम्म जाने बाटो र गुदेलबाट केन्पा र मुद्वी हुदै सेतीपोखरी उपत्यका जाने बाटोलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने हुन्छ । किनकी यो मान्यतामा हिमालहरुले पर्यटक तान्ने भएकोले यी बाटाहरु र बाटोमा आवश्यक पर्ने पुलहरु पहिलो आवश्यकतामा पर्छ र महाकुलुङका धार्मिक तथा साँस्कृतिक पक्षहरु दोस्रो प्राथमिकतामा पर्छ ।

माथी क र ख मध्ये जुनै रणनीति अपनाएर पर्यटनको विकास गरिए पनि गुदेल हवाई मैदान र पर्यटन सुचना केन्द्र चाही उतिकै रुपमा आवश्यक हुन्छ । तर यी भौतिक पुर्बाधारहरु निर्माण गरेर पर्यटकहरु फाट्टफुट्ट आउन थालेपछि कहाँ जाने ?, कताबाट जाने ? त्यहाँ जान कति समय लाग्छ ? कहाँ बस्ने ?, के खाने ? के अवलोकन गर्ने ? किन अवलोकन गर्ने ? सबै कुरा थाँहा नभएर भौतारिरहेको बेला बल्ल सुचना केन्द्रको आवश्यकता पर्छ अहिले तत्काल होइन कि ? किनभने पहिलो कुरा अहिले महाकुलुङमा ज्यादै कम्ती पर्यटक आउछन् र त्यसमा कति नै पो भौतारिएला त्यसरी ? यसको अर्थ चाहिदैन भनेको पनि होइन मात्र प्राथमिकताको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close