प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

खुम्बुमा प्रवेश शूल्क उठाउन सुरु भएको एक हप्तामै रोकियो

टिम्स र पर्बतारोहण शुल्क साबिकअनुसार नै हुने

  • शिखरपोष्ट रिपोर्टर 

काठमाडौं, २२ असोज । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाँउपालिकाले गत अक्टोबर १ देखि विदेशी पर्यटकबाट उठाउदै आएको रु. २००० प्रवेश शूल्क रोकिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय मन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन निर्देशन गरेपछि गाँउपालिका आफ्नो कदमबाट पछि हट्नु परेको हो ।

यससँगै ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) मार्फत संकलन हुँदै आएको टिम्स शुल्क तथा नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत संकलन हुँदै आएको पर्वतारोहण शुल्क साबिक बमोजिम नै सङ्कलन गरिने भएको छ । टानले आईतवार एक बिज्ञप्तीमार्फत आफ्नो सदस्यहरुलाई सोबारे जानकारीसमेत गराइसकेको छ ।

गाँउपालिकाको गत असार २५ गते सम्पन्न गाउसभाबाट बिदेशी पर्यटकबाट प्रबेश शुल्कबापत २००० उठाउने निर्णय गरेको थियो । त्यसपछि पर्यटन ब्यबसायी तथा बिभिन्न ब्यबसायिक संगठनहरुले तिब्र बिरोध जनाउदै आएका थिए ।khumbu_letter

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close