प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

टानले २८ अक्टोबरमा चुनाव गर्ने घोषणा

काम चलाउ निर्णय भन्दै कार्यसमितिभित्रै असन्तुष्टि

  • शिखरपोष्ट रिपोर्टर

news_TAAN_Logoकाठमाडौं, २४ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले आफ्नो ३९औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि हुने चुनावको मिति तय गरेको छ । मंगलबार बसेको टान कार्यसमिति बैठकले यही आउँदो कात्तिक ११ गते (अक्टोबर २८ तारिख)को दिन चुनाव गर्ने निर्णय गरेको टान अध्यक्ष चन्द्र रिजालले शिखरपोष्टलाई जानकारी दिनुभयो ।

‘२८ अक्टोबरमा चुनाव गर्ने निर्णय गरेका छौं’ अध्यक्ष रिजालले भन्नुभयो ‘चुनाव कहाँ गर्ने भन्ने चाही पक्का भाको छैन । खोजिराखेको अवस्था हो ।’

मुख्य पर्यटकीय सिजन भएकोले यो मितिमा चुनाव हुन नसक्ने टान कार्यसमिति सदस्यहरुले नै दाबी गरेका छन् । जसले गर्दा सो मितिमा चुनाव होला भन्नेमा गम्भिर आशंका उब्जिएको छ ।

‘यो काम चलाउ निर्णय हो’ टानका एक सदस्यले शिखरपोष्टसँग भने ‘मुख्य पर्यटकीय सिजन भएकोले नोभेम्बरभन्दा अगाडि चुनाव हुन सम्भावना न्यून छ ।’ भनेपछि यसबारे लिखित निर्णय चाही  भएको छैन हो ?  भन्ने जिज्ञासामा ती सदस्यले थपे ‘खै यस्तै निर्णय गर्छौ भनिराख्या थे । निर्णय गरेपनि त्यो मितिमा चुनाव हुँदैन भन्ने लाग्छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close