प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

सोलुखुम्बुमा ७ हजार ६७६ मतदाता थपिए

प्रदेश निर्वाचन क्षेत्र नम्बर २ भन्दा १ नम्बर क्षेत्रमा करिब ५ हजार मतदाता बढी

  • शिखरपोष्ट डेक्स  

solu shikharpostसोलुखुम्बु, २४ असोज । सोलुखुम्बुमा ७ हजार ६७६ मतदाता थपिएका छन् । गत स्थानीय तह निर्वाचनमा जम्मा ६१ हजार ७४६ मतदाता रहेको सोलुखुम्बुमा प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा मतदाता थपिएर ६९ हजार ४२२ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनायो ।

जसमा महिला मतदाताको संख्या ३४ हजार २८४ र पुरुष मतदाताको संख्या ३५ हजार १३८ रहेको छ ।

प्रदेश सभा निर्वाचनका लागि सोलुखुम्बुको दुई वटा क्षेत्रमध्ये एक नम्बर क्षेत्रमा मतदाता बढी रहेका छन् । दुई नम्बर क्षेत्रको तुलनामा एक नम्बर क्षेत्रमा चार हजार ९ सय १६ मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक नम्बर क्षेत्रमा १८ हजार ९८६ पुरुष र १८ हजार १८३ महिला गरी जम्मा ३७ हजार १६९ जना मतदाता रहेकाछन् भने दुई नम्बर क्षेत्रमा १६ हजार १५२ पुरुष र १६ हजार १०१ महिला गरी जम्मा ३२ हजार २५३ मतदाता रहेकाछन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका, दुधकौशिका गाउँपालिका, सोताङ गाउँपालिका र माहाकुलुङ गाउँपालिकालाई मिलाएर एउटा क्षेत्र (१ नम्बर क्षेत्र) र सोलुदुधकुण्ड नगरपालिका, लिखुपिके गाउँपालिका, दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकालाई मिलाएर अर्को क्षेत्र (२ नम्बर क्षेत्र) बनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close