सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

२ कम्पनीको करोडौंको आईपीओ निष्काशन हुँदै

ipo-Demand-1024x646भर्खरै मात्र सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रक्रियामा जुटेको छ । यसैका लागि कम्पनीले कात्तिक १३ गते साधारण सभा बोलाएको छ । दशैं अगाडिदेखि कारोबार सुरु गरेको कम्पनीले कात्तिक १३ गतेको साधारण सभामा सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत पुँजीको आइपीओ जारी गर्ने विषेश प्रस्ताव पारित गर्दैछ । बिमा समितिका अनुसार युनियन लाइफको अहिले चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ ।

आइपीओ जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम २ अर्ब रुपैयाँ पुग्नुपर्ने प्रावधान छ । यस्तै आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले आगामी कात्तिक १८ गते हुने तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित गर्ने भएको छ ।

संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*