प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

काठमाडौँ क्षेत्र न. ५ मा लिखितको दाबेदारी

को हुन् लिखित श्रेष्ठ ?

22407393_10155104822255669_1792355629_nकाठमाडौं, २५ असोज । आगामी प्रदेश निर्बाचनमा काठमाडौँ क्षेत्र न. ५ मा लिखित श्रेष्ठले प्रदेशतर्फ प्रत्यक्ष उम्मेदवारको दाबी गरेका छन् । २०५३ सालदेखि त्रि चन्द्र क्याम्पसबाट ने.बि. संघको राजनीति शुरु गरेका श्रेष्ठले अनवरत रुपमा संघर्ष गर्दै पब्लिक युथ क्याम्पसको सरकारी जागिर छोडेर त्यहि क्याम्पसमा २ कार्यकाल इकाई सभापतिको जिम्मेवारी समलिएको थियो भने गत ने.बि. संघको निर्बाचनमा ने. बि. संघ केन्द्रिय समितिमा एक मात्र  श्रेष्ठ निर्बाचित भएका  थिए ।

ने.बि. संघको राजनीतिक जिबनमा २ बर्ष जेल बसेका थिए । २०६५ सालको स्ववियु निर्बाचनमा पब्लिक युथ क्याम्पसको सभापति लडेका श्रेष्ठले आफ्नै संगठनका पुर्ब सभापतिले अखिल क्रान्तिकारीमा प्रवेश गरि चुनाब हराउने खेल खेलेको र संगठनलाइ गद्दार गरेकोले कालो मोसो र जुत्ताको माला लगाएर क्याम्पस परिक्रमा गराएर ने.बि. संघले गद्दार गर्नेलाइ  कारबाही पनि गर्न सक्छ भनि संदेश दिएको  थियो । कांग्रेसको संगठनलाई मजबुत बनाउन भृकुटी मण्डपमा कार्यलय खोलेर ३६५ दिनै चियापान समारोह राखेका थिए ।

महाभूकम्प र बाढी पिडितहरुलाई सहयोग संकलन गरि सबै प्रभावित क्षेत्रमा राहत वितरण गर्न पुगेका थिए । स्थानीय युवाहरु परिचालन गर्न सक्ने र युवाहरु माझ लोकप्रिय श्रेष्ठ स्थानीय संघ सस्था र सामाजिक कार्यमा पनि त्यतिकै सहभागी छन् । गत स्थानीय निर्बाचनमा आफ्नो क्षेत्रमा कांग्रेसको उम्मेदवारलाई जिताउन व्यक्तिगत १ लाख सहयोग समेत गरि चुनाब जिताउन कसेर लागेका थिए । आफ्नो पार्टी प्रति इमान्दार र लामो समय संगर्ष गर्दै आएकोले पार्टीले सहि मुल्यांकन गरे  आफ्नो क्षेत्रमा नेवारी समुदायको बाहुल्य रहेकोले आगामी चुनाबमा भारि मतले जित्नेमा बिश्वस्त छन् ।22386566_10155104819450669_2107141586_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close