प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा पाँच जनाको उम्मेद्धारी   •   टान निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)   •   एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा   •   एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी   •   बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना   •   मनाेनयन दर्ता सुरु, यसरी हुदैछ उम्मेदवारी दर्ता

उपराष्ट्रपति पुन सगरमाथा प्रतिष्ठानको ‘विशेष नेपाल सम्मान २०७४’बाट सम्मानित

आर्थिक सम्बृद्धिमा वक्ताहरुको जोड (फोटो फिचरसहित)

शिखरपोष्ट रिपोर्टर
DSC_0050काठमाडौं, २५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन सगरमाथा प्रतिष्ठान नेपालको ‘विशेष नेपाल सम्मान २०७४’ बाट सम्मानित हुनुभएको छ । बुधबार रसियन कल्चर हलमा आयोजित प्रतिष्ठानको १७औं वार्षिकोत्सव समारोहबीच उपराष्ट्रपति पुनलाई सो सम्मान प्रदान गरिएको हो ।

सोही अवसरमा पूर्व अर्थमन्त्री शंकर कोइराला, नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिवसमेत रहनुभएका समाजसेवी कुलबहादुर गुरुङ, समाजसेवी दिलशोभा श्रेष्ठगायतलाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएका छ ।

त्यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई ताम्रापत्रबाट सम्मानित गरियो । बरिष्ठ समाजसेवी तथा एडभेन्चर जिइओ ट्रेक्सका प्रबन्ध निर्देशक निरकुमार खालिङ राई, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ, हिमालयन सोसियल जर्नीका प्रबन्ध निर्देशक राम प्रसाद सापकोटा, गुरुङ पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष कमला गुरुङलगायतका उद्यमी तथा समाजसेवीहरुलाई यसरी सम्मानित गरिएको हो ।

सो समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेकोले अब सम्बृद्धितर्फ लैजानका लागि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । विभिन्न राजनीतिक उत्तारचढाव छिचोल्दै संविधान निर्माण र त्यसको कार्यान्वयनार्थ विभिन्न तहको निर्वाचन भइरहेको उल्लेख गर्दै उहाँले लोडसेडिङको अन्त्य, सडस सञ्जाल बृद्धिविकास, पूर्वाधार निर्माणलगायत विकासका आधारहरु तीब्रतर गतिमा अघि बढाइएकोले अबको दश वर्षभित्र मुलुक सम्बृद्धशाली भएको देखिने विश्वासमेत व्यक्त गर्नुभयो । आफु सम्मानित भएकोमा खुशी प्रकट गर्दै उहाँले प्रतिष्ठानको सह्रानीय कार्यलाई राज्य स्तरबाटै सहयोग र सहकार्य गरिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

पूर्व अर्थमन्त्री शंकर कोइरालाले प्रतिष्ठानको निश्वार्थी र कर्मयोगी टिमले लामो समयदेखि विभिन्न शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा सह्राना गर्दै आगामी दिनमा यसलाई थप सशक्त रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानको सत्कर्मलाई सबैले आआफ्नो ठाउँबाट खुल्ला दिलले साथ सहयोग गर्नका लागि अनुरोधसमेत उहाँले गर्नुभयो ।
प्रतिष्ठानका सल्लाहकारसमेत रहनुभएका एनएमएका महासचिव कुलबहादुर गुरुङले प्रतिष्ठानले सामाजिक र मानवीय सेवामा समर्पित भएर अघि बढाएको कार्यमाथि सबैले सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष नर बहादुर लिम्बु ‘साम्सोहाङ’ले संस्था अत्यान्तै पीडादायी र अभावका बीच आजसम्म ल्याइपु¥याएको प्रष्टाउँदै सहयोग हातहरुप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मुलुकलाई आर्थिक सम्बृद्धिका लागि सबैले आआफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिष्ठान महासचिव भरत ढकालकाअनुसार प्रतिष्ठानले अहिले अनाथ बालबालिकाहरुको लालन पालन र शिक्षा स्वास्थ्यमा काम गरिरहेको छ । चोभारमा अवस्थित प्रतिष्ठानको अनाथालयमा नर्सरीदेखि ८ कक्षासम्म पढ्ने ४५ जना बालबालिकाहरु रहेका छन् ।kul bahadur gurung shikharpost 1 2 ddsagarmatha pratisthan sagarmatha udghaatan uparas uparastrapati

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close