सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

निगमको बोइङ जहाज भवन भट्ट समुहको बिबी एयरवेजले किन्दै

B757-2काठमाडौं । नेपाल वायुसेवा निगम लिलाममा राखिएको जहाज भवन भट्ट समूहको बिबी एयरवेजले किन्ने भएको छ । लामो समयदेखि बिक्री नभएको बोईङ–७५७ एसीए सिरिजको कर्णाली जहाज उसले १४ करोडमा खरिद गर्न लागेको हो ।

बिक्रीका लागि निगमले दुई पटक सम्म ग्लोवल टेन्डर आह्वान गरेको थियो । १७ करोड रुपैयाँ तोकिएको उक्त जहाज बिक्री नभएपछि १४ करोडमा बिक्रीको लागि राखिएको थियो ।

निगमले आह्वान गरेको टेन्डरमा १४ करोड रुपैयाँमा आवेदन दिएको थियो । अन्य कम्पनीहरुले १२ करोड भन्दा कम मात्रै टेन्डरमा आवेदन दिएका थिए ।

विगत दुई वर्षदेखि जहाज ग्राउन्डेड भएपछि निगमले लिलामीमा बिक्री गर्ने निर्णय गरेको थियो । नयाँ इन्जिन फेर्नको लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लाग्ने देखिएपछि निगमले विस्थापन गर्ने निर्णय गरेको थियो ।

१ सय ९० सिट क्षमताको बोइङ–७५७ एसिए जहाज निगमले २९ वर्ष अगाडी खरिद गरेको थियो । १९८७ मा निगमले अन्तराष्ट्रिय उडानका लागि दुई जहाज (बोइङ–७५७) खरिद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*