सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

एनआरएनएको अध्यक्षका लागि जमुना घले र भवन भट्ट चुनावी मैदानमा

BHwan-Jamunaकाठमाडौं, २६ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा जमुना घलेले उम्मेद्वारी घोषणा गरेकी छिन् । घलेले आज राजधानीको होटल र्याडिशनमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गरेकी हुन ।

घलेलाई नेपाली कांग्रेस तथा जनजाति समूहको समर्थन रहेको बताइएको छ ।एनआरएनको नेतृत्वका लागि महिलाको उम्मेद्वारी आएको यो पहिलोपटक हो । घले वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् ।
कार्यक्रममा उनले एनआरएनएलाई थप गतिशिल बनाउन आफुले उम्मेदवारी दिएको बताइन ।

यसअघि एनआरएनएको अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष भवन भट्टले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

यही भद्रौ २८ गते देखि काठमाडौंमा एनआरएनएको आठौ विश्व सम्मेलन एवं अधिवेशन सुरु हुदै छ । सो अधिवेशनले आगामी दुई वर्षका लागि संघमा नयाँ नेतृत्व चयन गर्ने छ । ७८ देशका कुल ६५ हजार सदस्य रहेको गैर आवासीय नेपाली संघमा २,२०० प्रतिनिधिहरुले मतदान गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*