सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

मैलुङ खोला जलविद्युतले ७ करोड रुपैयाँ बढीको आईपिओ निष्कासन गर्दे

636216494145896621काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसधारण लगानीकर्ताका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन गरेको छ । आयोजना प्रभावितका लागि दश प्रतिशत सेयर वितरण गरेको कम्पनीले सर्वसाधारणका लागि कूल सेयरको २० प्रतिशत सेयर जारी गर्न लागेको हो ।

कम्पनीले आम सर्वसाधारण लगानीकर्तालाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्कासन गर्नेछ ।

कम्पनीले गत जेठमा आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाका लागि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको ३ लाख ६८ हजार १४३ कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गरी बाँडफाँड समेत गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि बिक्री गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भईसकेको छ ।

६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*