इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

वाम गठबन्धनबाट सोलुमा प्रतिनिधि सभाको टिकट माओवादीलाई, प्रदेशको दुईटै एमालेलाई

shikharpost logoकाठमाडौं, ३ कात्तिक । सोलुखुम्बु जिल्ला एमाले–माओवादी गठजोडको उम्मेद्धार टुंगो लागेको छ । प्राप्त जानकारीअनुसार प्रतिनिधि सभामा माओवादी केन्द्रको भागमा परेको छ भने प्रदेशको दुईटै निर्वाचन क्षेत्र एमालेले पाउने भएको छ ।

दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ ।

प्रतिनिधि सभाको लागि एमालेको तर्फबाट मानबीर राईले पाउने सम्भावना प्रवल हुँदै गएपछि त्यसमा माओवादी केन्द्रले कमैमात्र आश गरेको थियो । त्यसोत यसअघि दईटै जिल्ला पार्टीका नेताहरुबीच प्रदेश निर्वाचन क्षेत्र नम्बर १ माओवादीले लिने र क्षेत्र नम्बर २ एमालेले लिएर प्रतिनिधि सभाको लागि केन्द्रको निर्णय पर्खिने आन्तरिक सहमति भएको थियो ।

तर लामो प्रयोसपछि माओवादीले प्रतिनिधि सभाको टिकट पाएको हो । माओवादीले राजेन्द्र बस्नेतलाई प्रतिनिधि सभाको लागि अघि सारेको थियो । केन्द्रका निर्णयसँगै जिल्लाका नेताहरु अहिले औपचारिक अनौपचारिक छलफलमा जुटिरहेको बुझिएको छ ।

गठबन्धनको सामना कांगे्रसका बलबहादुर केसीले गर्नेछन् ।

एक नगरपालिकासहित जम्मा आठ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा गत स्थानीय तहको निर्वाचनमा माओवादीले ३ वटा र एमालेले ४ वटा जितेको थियो भने कांगे्रसले एउटा जितेको थियो ।

यस्ताे छ प्रदेशकाे बाँडफाट:Bam-talmel-Pradesh-Final

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close