होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

चिलिमेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

38786

Chilime-Hydro-696x522काठमाडौं, ५ कार्तिक । चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । चिलिमेले प्रस्तावति लाभांशस पारित गर्न कार्तिक २४ गते २१ औं वार्षिक साधारणसभा डाकेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कार्तिक ६ देखि कार्तिक २४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसैले कार्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनका साथै साधारणसभामा भाग लिन पाउनेछन् ।

चिलिमे हाइड्रोपावर कम्पनीले यस अघि जारी गरेको सूचनामा बुक क्लोज मिति असोज २७ गतेदेखि कार्तिक १७ सम्म रहेको भनिए पनि सूचना जारी गरी कार्तिक ६ गतेदेखि २४ गतेसम्म रहेको बताएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*