यसरी हुँदैछ हिमालयन ह्वाइटवाटर च्यालेन्ज   •   तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल   •   संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड   •   राई पत्रकार संघद्धारा गोपाल छाङ्छा राईलाई ५४ हजार सहयोग   •   आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल   •   टानका नवनिर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण

बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास कोष स्थापना

हुण्डीको कारोबार निरुत्साहित हुने पनि विश्वास

Dubai-Link copyकाठमाडौं । नेपाल सरकारले अब बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमवाट रेमिट्यास फण्ड स्थापना गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारको वर्तमान ऐनलाई संशोधन गर्दै सरकारले सरकारी स्तरको कोष खडा गर्ने प्रावधानलाई अघि सारेका हो ।

श्रम तथा रोजगार मन्त्रालयले अन्तिम रुप दिइसकेको ऐनको मस्यौदामा उल्लेख भए अनुसार विदेशबाट कामदारले नेपालमा पठाउने रेमिट्यान्सको निश्चित प्रतिशत हिस्सा बचतका रुपमा कोषमा जम्मा गरिनेछ । यस्तो कोषको रकम उत्पादनमुलक क्षेत्र र विकास आयोजनाहरुमा लगाइने छ । सरकारलाई विद्युत या कुनै आयोजना निर्माण गर्दा हुने पुँजी अभाव पनि यस्तो कोषले हटाउने छ ।

बैदेशिक रोजगारमा गएकाहरुको आफ्नो आम्दानी उपयोगमै खर्च गरेर समस्या भएपछि कोषको आवश्यक्ता महशुष गरिएको सरकारी भनाई छ । बिदेशबाट गएर फर्किएकाहरुले कमाएको पैसा मोबाइल, टिभी, क्यामारा लगायत विलासिताका सामान किनेर सकिने अवस्थाको अन्त्य गर्न कोष स्थापना गर्नु परेको ऐन मस्यौदामा सम्मिलित एक अधिकारीले बताए ।

लामो समयसम्म विदेश बसेर पनि वचत गर्न नसकेका र घर्कदो उमेरसँगै रोगले चापेका पूर्व कामदारलाई बचत कोषले फाइदा पुग्ने अपेक्षा गरिएको छ । यसबाट विलासितामा हुने तिब्र रफ्तारको खर्च न्यनिकरण भई भविष्यका लागि बचत गर्ने बानीको विकास हुने विश्वस गरिएको छ ।

अहिले झण्डै ३५ लाख नेपाली युवा कामदारको रुपमा बिदेशमा छन् । सरकारसँग वाषिर्क झण्डै ३ लाख युवा रोजगारीका लागि विदेशिने तथ्याङ्क छ । गत वर्ष नेपालमा विदेशबाट करीव सात अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने झण्डै सोही बराबरको रेमिट्यान्स हुण्डीबाट आएको थियो । यसरी अर्बौ रुपैंया विदेशबाट स्वदेश भित्रिए पनि त्यसको सही सदुपयोग हुन सकिरहेको छैन ।

कोष स्थापना भए पश्चात हुण्डीको कारोबार निरुत्साहित हुने पनि विश्वास गरिएको छ । सरकारले नै कोष सञ्चालन गर्ने भएकाले वैदेशिक रोजगारीमा गएका सबै नेपाली ढुक्क भएर यो प्रकृयामा सहभागि हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close