इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

एमालेले टिकट नदिएपछि दीपक मनाङेले दर्ता गराए स्वतन्त्रबाट उम्मेवारी

manage_1QDE1IuLQ0मनाङ–  विवादास्पद पृष्ठभूमिका दीपक मनाङ्गे (राजीव गुरुङ) ले मनाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट टिकट नपाएपछि उनले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।

मनाङेले स्वतन्त्रबाट उम्मेदवारी दिएपनि एमालेको झण्डासहित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए ।

यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि उनको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, उनको सिफारिसप्रति चर्को  आलोचना भएपछि केन्द्रले अन्तिममा नाम काटेको थियो ।

उनले आफूले स्वतन्त्ररुपमै चुनाव लडेर जित्ने समेत दाबी गरेका छन् । राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे केहि पहिले एमालेमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close