सगरमाथा क्षेत्रमा रोकिएन पर्यटकसँग अवैध असुली गर्ने काम   •   एक्यापमा तालाबन्दी गर्ने स्थानीयको प्रश्न एक्यापमा तालाबन्दी गर्ने स्थानीयको प्रश्न : 'ससुराली आउँदा पनि कर तिर्नुपर्ने ?'   •   टूर जानुअघि खेपेको झन्झटः पुगेपछिको अनुभव   •   अाइजी खनाललाई सांसदकाे प्रश्न: प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो भयो ?   •   यसरी पूरा भयो वाकुवासीको गाडी चढ्ने सपना   •   नेकपा नाम विवाद : कसको पक्षमा आदेश गर्ला सर्वोच्चले?

एमाले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने, कांग्रेस निर्वाचन कार्यालयमा

38803

1508593556_1829_1सोलुखुम्बु समाचार
सोलुखुम्बु, ५ कार्तिक —  सोलुखुम्बुको १ नम्बर क्षेत्रमा नेकपा एमालेले अध्यक्ष मानवीर राई उम्मेदवार नबन्ने भएपछि उत्तम बस्नेतलाई उम्मेद्वार बनाएको छ ।

यस अघि एमाले सोलुखुम्बुले प्रतिनिधी सभाका लागि सर्वसम्मत् उम्मेदवार सिफारिस गरिएका राईलाई तालमेलमा प्रतिनिधी सभा माओवादी केन्द्रको भागमा परेपछि १ नम्बरको उम्मेदवार बनाइएको थियो ।
१ नम्बर क्षेत्रमा यसअघि सर्वसम्मत् उम्मेदवार सिफारिस हुन सकेको थिएन । १ नम्बरमा एमालेका उत्तम बस्नेत, भिमराज राई, लोचनकुमार शर्मा, जुद्धबहादुर कार्की लगायत् आकांक्षी रहेका छन् ।

एमाले र माओवादी बीचको चुनाबी तालमेलमा सोलुखुम्बुको प्रतिनिधी सभा माओवादीको भागमा परेपछि एमालेलाई सकस परेको हो । तालमेलमा प्रतिनिधी सभा माओवादीले र प्रदेश सभाको दुवै सिट एमालेको भागमा परेको थियो ।

यसैबीच नेपाली कांग्रेसका नेताहरु उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । अन्य साना दलका उम्मेदवारहरुले यस अघि नै उम्मेदवारी दर्ता शुरु गरिसकेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*