यसरी हुँदैछ हिमालयन ह्वाइटवाटर च्यालेन्ज   •   तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल   •   संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड   •   राई पत्रकार संघद्धारा गोपाल छाङ्छा राईलाई ५४ हजार सहयोग   •   आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल   •   टानका नवनिर्वाचित नेतृत्वद्वारा पदभार ग्रहण

प्रतिनिधि सभा सदस्यका लागि सोलुखुम्बुमा छ जनाको उम्मेद्धारी

बाम गठबन्धनका राई र कांगे्रसका केसीबीच कडा प्रतिस्पार्धा हुने सम्भावना

  • शिखरपोष्ट रिपोर्टर

soluसोलुखुम्बु, ५ कात्तिक । प्रदेश र प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि आज सम्पन्न मनोनयन दर्ताको क्रममा सोलुखुम्बु जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि छ जनाको उम्मेद्धारी परेको छ । जिल्ला निर्वाचन कार्यलयकाअनुसार आइतबार भएको मनोनयनमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हेम कुमार राई (सुरबीर)को नाम दर्ता गरेको छ भने कांगे्रसले पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीको नाम दर्ता गरेको छ ।

त्यस्तै संघीय समाजबादी फोरम र नयाँ शक्ति पार्टी नेपालले पनि प्रतिनिधि सभाको लागि उम्मेद्धारी दर्ता गरेका छन् । फोरमले बैकल्पिक सदस्य तथा शेर्पा प्रदेश इन्चार्ज लाक्पा शेर्पा र नयाँ शक्तिले सुनिल खड्कालाई उम्मेद्धार बनाएको छ । राष्ट्रिय जनता पार्टीबाट रामकाजी राई रमंगोल नेशनल अर्गनाइजेसनबाट  रुद्रबहादुर रानामगर को नाम दर्ता गरेको छ ।

यद्यपी, समग्रमा हेर्दा प्रतिनिधि सभामा बाम गठबन्धनका राई र कांगे्रसका केसीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यता प्रदेश सभा सदस्यका लागि बाम गठबन्धनको तर्फबाट १ नम्बर क्षेत्रमा उत्तम बस्नेत र २ नम्बर क्षेत्रमा बुद्धिकुमार राजभण्डारीलाई उम्मेद्धार बनाएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि दाबी गर्दै आएका एमाले जिल्ला अध्यक्ष मानबीर राईले टिकट नपाएपछि प्रदेश सभा सदस्यको लागि १ नम्बर क्षेत्रबाट आउने भनिएपनि अन्तिममा उनको ठाउँमा उत्तम बस्नेतलाई उम्मेद्धारको रुपमा उभ्याइएको हो । यता कांगे्रसले भने १ नम्बर क्षेत्रमा प्रकाश सिंह कार्की र २ नम्बर क्षेत्रमा आङगेलु शेर्पाको नाम दर्ता गरेको छ । १ नम्बर क्षेत्रमा लोचन कुमार शर्माले स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका छन् ।

उम्मेदवार सूचि

प्रतिनिधी सभा
१. नेकपा माओवादी केन्द्र — हेमकुमार राई सुरवीर (बाम गठबन्धनको तर्फवाट)
२. नेपाली कांग्रेस — बलबहादुर केसी
३. संघीय समाजवादी फोरम — ल्हाक्पा शेर्पा
४. राष्ट्रिय जनता पार्टी — रामकाजी राई
५. मंगोल नेशनल अर्गनाइजेसन — रुद्रबहादुर रानामगर
६. नयाँ शक्ति पार्टी नेपाल — सुनिल खड्का
प्रदेश सभा १
१. नेकपा एमाले — उत्तमकुमार बस्नेत (बाम गठबन्धनको तर्फवाट)
२. नेपाली कांग्रेस — प्रकाशसिंह कार्की
३. संघीय समाजवादी फोरम — चोलामाया बस्नेत
४. राष्ट्रिय जनता पार्टी — श्रीध्वज तामाङ
५. नयाँ शक्ति पार्टी नेपाल — दिपक खड्का
६. स्वतन्त्र — लोचनकुमार शर्मा

 

प्रदेश सभा २
१. नेकपा एमाले — बुद्धिकुमार राजभण्डारी (बाम गठबन्धनको तर्फवाट)
२. नेपाली कांग्रेस — आङगेलु शेर्पा
३. संघीय समाजवादी फोरम — गंगाबहादुर थापा मगर
४. राष्ट्रिय जनता पार्टी — प्रेमकुमारी राई
५. नयाँ शक्ति पार्टी नेपाल — मुनिन्द्र बस्नेत

22752492_1689390281136001_17649799_n
22751969_1689390314469331_942035613_n22751946_1689390411135988_1413746929_n22751979_1689390364469326_9991556_n22710011_1689390154469347_112896996_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close