काठमाडौं, १९ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोली र अमेरिकाको राष्ट्रिय टोलीबीच आगामी डिसेम्बरमा मैत्रीपुर्ण खेल हुने भएको छ। अमेरिकन क्रिकेटले जारी गरेको विज्ञप्तीमा उसले ओमान टुरको तयारीका क्रममा नेपाल र केन्यासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको जनाएको छ।
विज्ञप्तीमा उल्लेख भएअनुसार अमेरिकाको नेपाल विरुद्ध आगामी डिसेम्बर १ मा र केन्या विरुद्ध त्यसको अर्कोदिन खेल्नेछ। खेल दुबईमा हुनेछ। अमेरिकाको ओमनसँग आगामी ४, ५ र ७ तारिखमा खेल्दैछ। त्यसको तयारीका लागि अमेरिकाले नेपाल र केन्यासँग खेल्न लागेको हो।
अमेरिकन छनोट टोलीका प्रमुख रिचार्ड पोओलले भर्खरै क्यानडामा आउटी कप जितेको अमेरिकन टोलीको लय कायम गर्न टुर महत्वपुर्ण हुने जनाएका छन्। हाल अमेरिकी टोलीको मुख्य प्रशिक्षकमा नेपालका पुर्व प्रशिक्षक पुबुदु दासानायके रहेका छन्।