पवित्र तिर्थस्थल तिलिचोमा खिचिएको विदेशी पर्यटकको नांगो फोटो भाईरल   •   लुम्बिनी विकास कोषको सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा   •   यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्   •   महिला आत्मनिर्भरताको नारा बोकेर ३ महिला आरोही सगरमाथा चढ्दै   •   विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख   •   महाकुलुङका अधिकांश घरमा बिरामी, स्वाइनफ्लुको आशंका

एभरेष्ट ट्रेल रेस २०१७ को उपाधि समुन र छेचीलाई

12एभरेष्ट ट्रेल रेस अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिता २०१७ को पुरुषतर्फको उपाधि नेपाली धावक सुमन कुलुङले हात पारेका छन् । विश्व विख्यात स्पेनिस धावक लुईसलाई पछि पार्दै कुलुङले उपाधि उचालेका हुन । महाकुलुङ गाउँपालिका ५ सोलुखुम्बुका २६ वर्षीय सुमन कुलुङ छोटो समयमा दुरी पुरा गरी थप किर्तिमान कायम गर्न सफल भएका छन् ।

दोलखाको जिरीदेखि सोलुखुम्वुको लुक्लासम्मको १ सय ६० किलोमिटरको दुरी कुलुङले १८ घण्टा ५५ मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । यस्तै प्रतियोगितामा स्पेनिस धावक लुईस अलवेन्द्रो दोश्रो तथा स्कटल्याण्डका सोन्द्रे अम्दहल तेश्रो भए ।

प्रतियोगितामा महिला तर्फ छेची शेर्पा प्रथम भएकी छिन । खुम्बुपासाङल्हमु गाउपालिका ९ की २९ बर्षिया शेर्पाले निर्धारित दुरी २७ घण्टा २९ मिनेट ५० सेकेण्डमा पुरा गर्दै उपाधी जितेकी हुन् । शेर्पा ६ महिना अघि कञ्चनजंघादेखि चिनको सिमाना हिल्सासम्मको १८ सय किलोमिटर दुरी ४५ दिनमा पुरा गर्दै दोस्रो हुन सफल धाविका हुन् ।

यस्तै पोर्चुगलकी अलवेष्ट एस्टर र स्वीडेनकी वेर्निस एलिजावेथ क्रम दोश्रो र तेश्रो भएका छन् । प्रतियोगिताका प्रथम, द्धितिय र तृतियले क्रमश १ लाख ५० हजार, १ लाख र ५० हजार नगद सहित ट्रफी र मेडल पाउनेछन् । उनीहरुलाई राजधानीमा एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपीडिसनका प्रवन्ध निर्देशक कामी शेर्पाले बताउनुभयो ।

प्रथम सगरमाथा आरोही  सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्गलाई अन्तराष्ट्रिय रुपमा चिनाई राख्न हरेक बर्ष प्रतियोगिता आयोजना गर्ने गरिएको छ । यस पटक नेपाल सहित १३ राष्ट्रका ४१ जना धावक सहभागी भएका थिए । जसमा ९ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close