नाट्टा अध्यक्षका लागि अच्युत गुरागाईद्धारा उम्मेद्धारी घोषणा   •   समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे? यस्तो छ पछिल्लो अपडेट   •   यस्तो छ एनएमएको 'माउन्टेन फेस्टिवल २०१७'   •   सोलुखुम्बुमा समानुपातिक तर्फ कांग्रेस पहिलो   •   सगरमाथाको उचाइ नाप्न अमेरिका, चीन, भारत, जापानका विज्ञहरुसँग छलफल   •   दलितसम्बन्धि समस्या समाधानका लागि सामुहिक पहल आवश्यकः आयोग सदस्य पौडेल

आङगेलु शेर्पालाई जिताउन नागरिक समाज सोलुको सार्वजनिक अपिल

प्रेस विज्ञप्ती सहित

img_3134-1024x711सोलुखुम्बु/५ मंसिर । नागरिक समाज सोलुखुम्बुले सोलुखुम्बु प्रदेश सभा  निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेद्वार आङगेलु शेर्पालाई जिताउन सार्वजनिक अपिल गरेको छ । समाजले मंगलबार एक प्रेस बिज्ञप्तीमार्फत सोलुखुम्बु प्रदेश सभा २ नम्बर क्षेत्र अन्तर्राष्ट्रिय जगतमा महत्वपूर्ण रहेकाले यही मङ्सिर १० गते सम्पन्न हुन लागेको चुनावमा असल, चरित्रवान र स्पष्ट दृष्टिकोण भएका शेर्पालाई जिताउन अपिल गरेको हो ।

समाजका संयोजक आङजाङ्बु शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वको सर्वोच्च शिखर र उत्तरी छिमेकी राष्ट्र चीनको सिमानामा रहेको प्रदेश सभाको २ नम्बर क्षेत्रमा चुनिने प्रतिनिधिले स्वदेशको मात्र नभएर छिमेकी राष्ट्रसँगको समन्वयकोसमेत महत्वपूर्ण अविभारा सम्हाल्नु पर्ने भएकाले चयन हुने प्रतिनिधि प्रदेशको मात्रै नभएर नेपालकै शानसँग जोडिएको यथार्थतालाई नकार्न नसकिने उल्लेख गरिएको छ । आसन्न मंसिर १० को निर्वाचनमा पार्टी र राजनैतिक आस्था भन्दा माथि उठेर असल र सक्षम उम्मेदवार चयन गर्नु पर्ने सबै मतदाताको दायित्व भएको समाजको ठहर छ ।

nagarik-samaj-_solu-749x1024

निर्वाचन हुन ५ दिन मात्रै बाँकी रहँदा नागरिक समाजले नै उम्मेदवारको बारेमा अभिमत जाहेर गर्नुलाई निकै महत्वका साथ हेरिएको छ । नागरिक समाजले ब्यक्तिगत सम्बृद्धिमा केन्द्रित, अराजक गतिविधिमा सामेल पात्रहरु निर्वाचित भएमा यस क्षेत्रका विकास अबरुद्ध हुने भएकाले लोकतन्त्रको संस्थागत विकास र मानव अधिकारको रक्षाका लागि प्रत्येक मतदाताले बुद्धिमतापुर्वक आफ्नो मत जाहेर गर्नसमेत अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close