इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

संचारकर्मी तथा यूवा गायक सचिन राईको नयाँ गीत रेकर्ड

केही दिनभित्र भिडियोसहित सार्वजनिक गर्ने तयारी

sachinशिखरपोष्ट/काठमाडौं । किरात राई पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका यूवा गायक सचिन राईले नयाँ गीत रेकर्ड गरेका छन् । उनको ‘तिमलाई देखेपछि प्यार बढ्यो सानु’ बोलको गीत काठमाडौंस्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘खोटाङ सुगम स्टार’ र पहिलो ‘नेपाल आइडलको फस्ट रनरअप’को उपाधिसमेत पाइसकेका गायक राईले केही दिनपछि भिडियोसहित उक्त गीत सार्वजनिक गर्ने बताएका छन् ।

‘गीत रेकर्ड भइसक्यो अब भिडियो सुट गर्दैछौ,’ उनले आफ्नो नयाँ गीतबारे भने, ‘यो डान्सिङ नम्बर हो, युवा पुस्तालाई लक्षित गरी बनाइएको गीत हो । भिडियो सुट सकिएपछि एकैचोटि भिडियोसहित सार्वजनिक गर्दैछौ ।’

गीतका शब्द शान्तकुमार राईले लेखेका हुन् भने संगीत अशोक लोहोरुङ राईले गरेका छन् ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकास्थित बाम्राङ स्थायी घर भएका गायक राई रेडियो जर्नालिस्टसमेत हुन् । उनी खोटाङबाटै सञ्चालन हुँदै आएको रुपाकोट सामुदायिक रेडियोका कार्यक्रम प्रस्तोता हुन् ।

तर पछिल्लो कालमा भने उनी रेडियो पत्रकारिताभन्दा पनि कलाकारितामै केन्द्रित हुन थालेका छन् । यही कारण पनि पछिल्लो समय उनी पत्रकारभन्दा गायकको रुपमा लोकप्रिय बन्दै गएका छन् ।

उनी स्टेज प्रोग्रामकै लागि हङकङ, मलेसियालगायत विभिन्न देश पुगिसकेका छन् भने नेपालका विभिन्न ठाउँमा कन्सर्टको सिलसिलामा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close