पवित्र तिर्थस्थल तिलिचोमा खिचिएको विदेशी पर्यटकको नांगो फोटो भाईरल   •   लुम्बिनी विकास कोषको सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा   •   यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्   •   महिला आत्मनिर्भरताको नारा बोकेर ३ महिला आरोही सगरमाथा चढ्दै   •   विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख   •   महाकुलुङका अधिकांश घरमा बिरामी, स्वाइनफ्लुको आशंका

सोलुको प्रदेश सभामा बाम गठबन्धनका बस्नेत र राजभण्डारी विजयी

शब्दचित्रमा बस्नेत र राजभण्डारी

  • शिखरपोष्ट रिपोर्टर

buddi and utaamसोलुखुम्बु, २३ मंसिर । सोलुखुम्बुको प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेश सभा क बाट बाम गठबन्धनका उत्तमकुमार बस्नेतले कांग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन् भने ख बाट बुद्धिकुमार राजभण्डारीले  कांग्रेस सोलुखुम्बुका पूर्व जिल्ला सभापति समेत रहेका आङगेलु शेर्पालाई भारी मतले पराजित गरेका हुन ।

बाम गटबन्धनका बिजयी उम्मेद्वारद्वय बस्नेत र राजभण्डारी एमाले नेता हुन् ।  प्रदेश सभा क मा बस्नेतले १०६६७ मत ल्याउँदा कार्कीले ८८४६ मत ल्याए । मतान्तर १८२१ रहेको छ । त्यस्तै प्रदेश सभा ख मा राजभण्डारीले १०३८७ मत प्राप्त गर्दा शेर्पाले ७९२९ मत प्राप्त गरे । शेर्पा २४१८ मतले पछि परेका हुन् ।

प्रतिनिधि सभा तर्फ नयाँ शक्ति पाटी नेपालका सुनिल खड्काले ८२६ मत प्राप्त गर्नुभएको छ भने, संघीय समाजवादी फोरम नेपालका लाक्पा शेर्पाले ३८१, राजपा नेपालका रामकाजी राईले १२८, नेपाल मजदुर किसान पाटीका दोर्जी शेर्पाले ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै, मंगोल नेशनल अर्गनाईजेशनले ९४ मत पाएको छ ।

प्रदेश सभा ‘क’ तर्फ नयाँ शक्ति पाटी नेपालका दिपक खड्काले एक हजार १५६ मत प्राप्त गर्नुभएको भने, संघीय समाजवादी फोरम नेपालका चोलामाया बस्नेतेले एक सय, राजपा नेपालका श्रीध्वज तामाङले ७३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा एमालेवाट असन्तुष्ट बनेर स्वतन्त्र उम्मेद्धारी दिएका लोचन कुमार शर्माले जम्मा २५४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा ‘ख’ तर्फ संघीय समाजवादी फोरम नेपालका गंगा बहादुर थापा मगरले २४५ मत प्राप्त गर्नुभएको छ भने नयाँ शक्ति पाटी नेपालका मुनिन्द्र बस्नेतले १२० र राजपा नेपालका प्रेम कुमारी राई (बस्नेत)ले ६० मत प्राप्त गर्नुभएको छ ।

को हुन् उत्तमकुमार बस्नेत

सोलुखुम्बु प्रदेश सभा क बाट बिजयी उत्तमकुमार बस्नेतको जन्म सोलुखुम्बु जिल्लाको काँगेलमा विसं २०२० साल भएको हो । प्रारम्भिक शिक्षा सदरमुकाम सल्लेरीबाट लिएपनि बुवा निजामती कर्मचारी भएकाले बुवाको सरुवासँगै उनले सल्लेरीपछि भोजपुर र पछि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमासमेत अध्ययन गरे । उच्च शिक्षा अध्ययनका लागि भने उनले राजधानी काठमाडौं छिरे । काठमाडौं आएपछि पुल्चोक इञ्जिनीयरिङ कलेजमा भर्ना भएका उनले उच्च शिक्षा अध्ययनकै क्रममा भारतलगायत युरोपका देशहरुसमेत पुग्ने अवसर पाए । सिभिल इञ्जिनीयर भएपछि भुटानमासमेत केहि समय काम गरेका थिए ।

अधिकार सम्पन्न बागमती एकिकृत स्रोतका पूर्व बोर्ड सदस्यसमेत रहेका बस्नेतसँग गुठी संस्थानको बोर्ड अफ डाइरेक्टर भएर पनि काम गरेको अनुभव छ । समाज कल्यान परिषद अन्तर्गत चार वर्ष राष्ट्रिय बाल कोषको सभापतिसमेत बनेका उनले पार्टीको तर्फबाट विभिन्न मन्त्रीहरुको सल्लाहकारको रुपमासमेत भूमिका निर्वाह गरेका छन् ।

विसं २०३४ सालबाट सामाजिक सेवासँगै राजनीतिमा लागेका उनले वामपन्थी विचारबाट प्रभावित भएर सक्रिय राजनीति प्रारम्भ गरेका थिए । विसं २०४०/०४१ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशपछि जिल्ला सचिव भएर काम गरेका थिए ।

 

को हुन् बुद्धिकुमार राजभण्डारी
बुद्धिकुमार राजभण्डारी सोलुखुम्बु जिल्लामा खेलाडी राजनीतिज्ञको रुपमा परिचित नाम हो । बाम गठबन्धनका साझा उम्मेदवारको रुपमा सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट बिजयी राजभण्डारीले विसं २०३८ सालबाट प्रत्यक्ष रुपमा राजनीति शुरु गरेका थिए । अनेरास्ववियू छैठौंको जिल्ला उपाध्यक्षबाट औपचारिक रुपमा राजनीतिक यात्रा शुरु गरेका उनी विसं २०४० सालमा जनमोर्चाको जिल्ला सचिव भए ।

२०४९ सालमा जनमोर्चाबाट सल्लेरी वडा ७ को वडा अध्यक्षमा विजयी भएका उनी २०५१ सालको जेठ ३ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा आएको एक हप्तामा जिल्ला कमिटि सदस्यसँगै कार्यालय सचिवको जिम्मेवारी राजभण्डारीलाई दिइएको थियो । विसं २०५३ साल मंसिरमा दोस्रो जिल्ला अधिवेशनबाट उनी पार्टी सचिव भए ।
स्पष्ट बक्ता र स्वच्छ छबिका राजभण्डारी विसं २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रत्यक्ष उम्मेदवार भएका थिए तर, त्यत्तिखेर उनी माओवादीका गोपाल किरातीसङ्ग पराजित भएका थिए । २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सूचिमा रहेर पनि सभासद् बन्न पाएका थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close