प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

ब्रिगेट कमाण्डरदेखि प्रतिनिधि सभा सदस्यसम्म: हेमकुमार राई (सुरबीर)

सोलुखुम्बुमा सुरबीरले यसरी तोडे बलबहादुरको एकल राज

    • प्रकाश खालिङ/शिखरपोष्ट

काठमाडौं, मंसिर । सोलुखुम्बुको प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका तर्फबाट उम्मेद्धार बनेका नेकपा माओवादी केन्द्रका नेता  हेम कुमार राई (सुरबीर)ले भारी मतका साथ जित हात पारेका छन् । नेपाली कांगे्रसका उम्मेद्धार बलबहादुर केसीलाई ३४५३ मतान्तरले पराजित गर्दै उनले आफ्नो पक्षमा सान्दार जित निकालेका हुन् ।

सुरबीरले २०७४७ मत प्राप्त गरेर जित्दा केसीले १७२९४ मतमा चित्त बुझाउनु परेको हो । बहुदलीय व्यवस्थापछि भएको आम चुनाव, ५१ सालको मध्यावधि चुनाव, ०५६ सालको चुनाव हुँदै ०७० सालको संविधान सभाको चुनावमा लगातार जितेका र तीन पटक मन्त्रीसमेत भइसकेका केसीलाई सोलुखुम्बुबाट हराउने सुरबीर दोस्रो व्यक्ति हुन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा माओवादीकै नेता गोपाल किरातीले केसीलाई पहिलो पटक हराएका थिए ।

24852617_1596966360392077_2423158262333825756_nप्रतिनिधि सभा तर्फ नयाँ शक्ति पाटी नेपालका सुनिल खड्काले ८२६ मत प्राप्त गर्नुभएको छ भने, संघीय समाजवादी फोरम नेपालका लाक्पा शेर्पाले ३८१, राजपा नेपालका रामकाजी राईले १२८, नेपाल मजदुर किसान पाटीका दोर्जी शेर्पाले ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै, मंगोल नेशनल अर्गनाईजेशनले ९४ मत पाएको छ ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमको जम्मा मतदाता संख्या ६९ हजार ४१२ रहेपनि ४१ हजार ४५१ मत खसेको थियो । जुन ५९.७१ प्रतिशत हो । जसमध्ये प्रदेश क्षेत्र नं. १ बाट २१ ह्जार ९५९ र क्षेत्र नं. २ बाट १९ हजार ४५२ मत खसेको हो ।surabir copy

  • जनमुक्ति सेनाको ब्रिगेट कमाण्डरदेखि प्रतिनिधि सभा सदस्यसम्म सुरबीर

हेमकुमार राई (सुरबीर) नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हुन् । सोलुखुम्बु जिल्लाको सशक्त नेताका रुपमा परिचित राईको जन्म विसं २०४० साल पुस १५ गते नेचासल्यान गाउँपालिका वडा नं. ४ मा बुवा नरध्वज राई र आमा स्व. मुगाधनी राईको कोखबाट भएको हो । स्थानीय केदार माविमा कक्षा नौसम्म अध्ययन गर्दै गर्दा २०५६ सालमा माओवादी पार्टीमा आवद्ध भएका उनले त्यसयता सर्वहारा जनताको मुक्ति र देशको रुपान्तरणको अभियान आफुलाई उभ्याइरहेका छन् । उनले आफ्नो औपचारिक शिक्षालाई पार्टीमै रहँदा पनि अघि बढाए र सोही क्रममा सिन्धुलीबाट प्रमाणपत्र तहको शिक्षा हासिल गरे ।

पार्टीमा होलटाइमर भएदेखि नै जनमुक्ति सेनाको रुपमा जोडिएका उनले २०५७ साल असारमा ११ सदस्यीय गुरिल्ला स्क्वायर्डमध्ये एक सदस्यको रुपमा जिम्मेवारी सम्हाले । त्यहि सालको मंसिरमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र रामेछापको १५ गाविस जोडेर बनाइएको जिल्ला प्लाटुन सदस्य, २०५८ सालमा पूर्वाञ्चल एक नम्बर कम्पनी प्लाटुन सेक्सन भिसी हुँदै सेक्सन कमाण्डर र प्लाटुन भिसी भए ।

24796580_1596966250392088_6443422825462713582_n२०५९ सालमा बेथान स्मृति पाँचौं ब्रिगेट कम्पनी सहायक कमाण्डर भएका उनी २०६० सालमा सोही कम्पनीको कम्पनी कमाण्डर भए भने २०६१ सालमा १४औं बटालियन भिसी हुँदै बटालियन कमाण्डरको जिम्मेवारी सम्हाल्न पुगे । आफ्नो अविचलित मिहेनत, लगनशिलता र इमान्दारिताले पार्टीमा निरन्तर पदोन्नत्ति हुँदै आएका उनी २०६२ सालमा सोलुसल्लेरी स्मृति ब्रिगेट भिसी, २०६५ सालमा ब्रिगेट कमाण्डर भएर जनमुक्ति सेनाभित्रको महत्वपूर्ण र उच्च पदीय हैसियत कायम गर्न सफल भए ।
यसबीचमा सानो ठूलो गरेर पाँच दर्जनभन्दा बढि प्रत्यक्ष लडाई लडेका राई चार पटक घाइते भएका थिए । २०५८ मा चैनपुर सशत्र बेसक्याम्प आक्रमणको क्रममा पहिलो पटक घाइते भएका उनी २०६९ साल कात्तिकमा रुमजाटार युनिफाइट बेसक्याम्प आक्रमणमा एसल्ट कमाण्डर भएर लड्दैगर्दा गम्भिर घाइते भए । त्यसपछि २०६० सालमा खोटाङ ऐसेलुखर्क भिडन्तमा पुन घाइते भएका उनी बारा जिल्लाको जंगलमा पनि घाइते भएका थिए ।

देश र जनताको मुहार फेर्नका लागि भूमिका खेल्ने तीब्र चाहानाका साथ अघि बढेका उनले जागिर खानुभन्दा जनताकै घरदैलोमा गएर सेवा गर्छु भन्ने संकल्पका साथ सेना समायोजनपछि स्वेच्छिक अवकास लिए । र अब सुरु भयो उनको पार्टी राजनीतिक यात्रा । २०७० सालसम्म आइपुग्दा उनलाई पार्टीले सोलुखुम्बु जिल्लाको संयोजकको जिम्मेवारी दियो । त्यसपछि बीचमा उपचारका लागि केही समय घरमै बसेका उनी २०७३ सालमा जिल्ला इन्चार्जसँगै पछि पार्टीको पोलिटव्यूरो सदस्य भएर क्रियाशिल राजनीति गरिरहेका छन् । निश्चित मुल्य र मान्यताको परिधिमा रहेर राजनीति गर्नुपर्ने धारणा उनको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुरबीरले शिखरपोष्टलाई छोटो प्रतिक्रिया दिदै चुनावी घोषणा पत्रलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै मुलुकलाई सम्बृद्धितर्फ अघि बढाउनका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।24862380_1685849928125563_5861191935386836433_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*