प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

यी हुन् यस वर्ष सबैभन्दा धेरै पर्यटक पुगेका विश्वका २० शहर

यस वर्ष सन् २०१७ मा विश्वभर करोडौँ पर्यटकहरुले भ्रमण गरे । त्यसमध्ये केही शहरहरुमै करोड भन्दा धेरै पर्यटकहरु पुगे । यस वर्ष सबैभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका विश्वका २० शहरहरु यी हुन्ः

१. बैंकक, थाइल्याण्डः यो वर्ष विश्वमा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको शहर थाइल्याण्डको राजधानी बैंकक हो । यहाा यस वर्ष २ करोड २ लाख विदेशी पर्यटकले बैंककको भ्रमण गरे । खासगरी रात्री जीवन तथा किनमेलका लागि स्वर्ग नै मानिन्छ बैंकक । यहाँका बौद्ध मन्दिर, तैरिएका बजार तथा विशाल दरबारले बैंककलाई सन् २०१७ मा विश्वमा सबैभन्दा धेरै पर्यटक भ्रमण गर्ने सहर बनाएको छ ।

२. लण्डन, बेलायतः विभिन्न सम्पदाहरु, भू-दृश्य, थिएटर, रात्री जीवन तथा ग्यालरीहरुका लागि चर्चित बेलायती राजधानी लण्डनमा यस वर्ष २ करोड विदेशी पर्यटक पुगेका छन् । म्याडम टुसाड्स संग्राहलय, बकिंघम दरबार, बिग बेन तथा वेस्टमिनिस्टर भवन लगायतका चर्चित पर्यटकीय स्थल लण्डनमा छन् ।

३. पेरिस, फ्रान्सः कला, खाना तथा अद्धितीय सम्पदाहरुका लागि लोकपि्रय पेरिसमा यस वर्ष १ करोड ६१ लाख विदेशी पर्यटक पुगेका छन् ।

४. दुबईः युएईको दुबईमा यस वर्ष १ करोड ६० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा, मरुभूमि सफारी, लग्जरी होटेलहरु आदिका लागि दुबई भ्रमणयोग्य छ ।

५. सिंगापुरः थेम पार्क, क्यासिनो, चिडियाखाना तथा सामुदि्रक तटको मनोरम भ्रमणका लागि सिंगापुर एउटा उत्तम गन्तव्य हो । यस वर्ष सिंगापुरमा १ करोड ३४ लाख ५० हजार विदेशी पर्यटक पुगेका छन् ।

६. टोकियो, जापानः विश्वको सबैभन्दा महंगो सहरको रुपमा रहेको टोकियोमा यस वर्ष १ करोड २५ लाख पर्यटक पुगेका छन् ।

७. सिओल, दक्षिण कोरियाः दक्षिण कोरियाको राजधानी सिओलमा यो वर्ष १ करोड २४ लाख ४० लाख विदेशी पर्यटक पुगेका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा परेको ज्वालामूखी पहाड, सिओंगसान पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य हो ।

८. न्युयोर्क सिटी, अमेरिकाः न्युयोर्क सिटीको सेन्ट्रल पार्क, स्टाचू अफ लिबर्टी, एम्पाएर स्टेट भवन, ब्रुकलीन पुल लगायतका पर्यटकीय स्थल रहेको न्युयोर्कमा यस वर्ष १ करोड २४ लाख पर्यटक पुगेका छन् ।

९. क्वालालम्पुर, मलेसियाः क्वालालम्पुरमा यस वर्ष १ करोड २१ लाख पर्यटक पुगेका छन् ।

hong-kong

१०. हङकङः यस वर्ष सबैभन्दा धेरै पर्यटक पुग्ने विश्वका सहरहरु मध्ये दशौँ स्थानमा रहेको हङकङमा ९० लाख ५० हजार पर्यटक पुगेका छन् ।

११. स्तानबुल, टर्कीः हागिया सोफिया, तोप्कापी दरबार जस्ता ऐतिहासिक सम्पदाका साथै खानाका पारखीहरुका लागि समेत स्तानबुल लोकपि्रय गन्तव्य हो । स्तानबुलमा यस वर्ष ९२ लाख ४० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

१२. बार्सिलोना, स्पेनः अत्युत्तम जलवायु, सामुदि्रक तट तथा ८ वटा विश्व सम्पदा सूचिमा सुचिकृत सम्पदाहरु रहेको बार्सिलोनामा यस वर्ष ८९ लाख पर्यटक पुगेका छन् ।

१३. एम्सटर्डम, नेदरल्याण्डः एम्सटर्डममा यो वर्ष ८७ लाख पर्यटकले भ्रमण गरेका छन् ।

१४. मिलान, इटालीः विश्वका सबैभन्दा पूराना चर्चमध्येको एक चर्च रहेको मिलानमा विश्व चर्चित ओपेरा हाउस पनि छ । मिलानमा आधुनिक आर्ट ग्यालरी छन् जहाँ इतिहासका चर्चित कलाकारहरु पाब्लो पिकासो, अगस्टे रेनोइर, राउल डफी लगायतका कलाकृति पाइन्छन् । यस वर्ष मिलानमा ८४ लाख पर्यटक पुगेका छन् ।

१५. ओसाका, जापानः जापानको ओसाकामा यस वर्ष ७९ लाख पर्यटकले भ्रमण गरेका छन् । युनिभर्सल स्टुडियो, ओसाका अक्वारियम, तेन्जिन मत्सुरी समर फेस्टिबल लगायतका लागि ओसाका लोकपि्रय छ ।

१६. ताइपेइ, ताइवानः चाइनिज आर्टको सबैभन्दा ठूलो संग्रहको रुपमा रहेको नेसनल प्यालेस म्युजियमका लागि रक क्लाइम्बिङ्गका लागि समेत लोकपि्रय ताइपेइमा यो वर्ष ७८ लाख पर्यटकले भ्रमण गरेका छन् ।

१७. रोम, इटालीः भिल्ला, म्युजियम, तथा आर्ट ग्यालरीको हबको रुपमा रहेको रोममा यो वर्ष ७३ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

१८. सांघाई, चीनः ६६ लाख ५० हजार विदेशी पर्यटकले यस वर्ष भ्रमण गरेको सांघाइ विश्वमा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको सहरमध्ये १८ औँ नम्बरमा परेको छ ।

१९. भियना, अष्ट्रियाः १८ औँ सताब्दीको शोनब्रर्न दरबार, हफबर्ग दरबारका साथै सेन्ट स्टेफेन्स चर्च लगायतका पर्यटकीय रहेको भियनामा यस वर्ष ६६ लाख ३० हजार पर्यटकले भ्रमण गरेका छन् ।

२०. प्राग, चेक गणतन्त्रः सयौँ वर्षदेखि सहरको चोकमा रहेको खगोलीय घडी प्रागको मूख्य पर्यटकीय गन्तव्य हो । प्रागमा यस वर्ष ६४ लाख विदेशी पर्यटक पुगेका छन् ।

एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*