विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते   •   विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर   •   नारायणी र कोशीमा पानी जहाजको सम्भावना

‘अन्तर्राष्ट्रिय पिस कप’मा पदक प्राप्त गर्ने खेलाडिहरुलाई राखेप सदस्य सचिवद्धारा सम्मानित

फोटो फिचरसहित

39872
  • शिखरपोष्ट रिपोर्टर

IMG_0279राखेप सदस्य सचिव केशव विष्टको हातबाट सम्मान ग्रहण गर्दै संघका अध्यक्ष डिबी रानापाल

काठमाडौं, १० पुस । अफ्रिकी मुलुक मोरक्कोमा आयोजित अन्तर्राष्ट्रिय पिस कप प्रतियोगितामा विभिन्न पदक हासिल गर्न सफल खेलाडिहरुलाई विशेष सम्मान गरिएको छ । मार्सल सेल्फ डिफेन्स संघ, नेपालद्धारा सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्टले उनीहरुलाई सो सम्मान प्रदान गर्नुभएको हो ।

गत डिसेम्बर १६ र १७ सन् २०१७ मा प्रतियोगितामा कुमेते केन र र कुमेते विधाबाट १/१ स्वर्ण पदक हासिल गर्न सफल अर्जुन बहादुर रोक्का (सार्की), कुमेते केन र कुमेते विद्याबाट एक एक रजत पदक हासिल गर्ने सञ्जु महर्जन र कातामा रजत पदक हासिल गर्ने ङवाङ केसाङ लामालाई सो सम्मान गरिएको हो । संघको तर्फबाट सार्कीलाई १५ हजार तथा महर्जन र लामालाई १०/१० हजार धनराशीसहित सम्मानित गरिएको हो ।

तस्वीरमा खेलाडिहरु क्रमसः सार्की, महर्जन र लामाIMG_0261 IMG_0267 IMG_0268

सात वटा मुलुकको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालले २ वटा स्वर्ण पदक तथा ३ वटा रजत पदक जित्न सफल भएको हो । समग्र प्रतियोगितामा सात वटा मुलुकमध्ये नेपाल तेस्रो स्थानमा परेको थियो । विश्वमा सदभाव फैलाउँदै खेलको विकास गर्ने उद्देश्यका साथ सञ्चालित यो खेल प्रतियोगिता अरु विलकुल फरक प्रतियोगिता हो ।

यसैबीच, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सँगसँगै वार्षिक बैठक पनि सम्पन्न भएको थियो । उक्त बैठकमा नेपालको तर्फबाट संघका अध्यक्ष डाक बहादुर (डीबी) रानापाल, प्रशिक्षक वाङजु तामाङ, सञ्चारकर्मी नुतन श्रेष्ठका साथै खेलाडिहरु सञ्जु महर्जन, मैतिराज राई, अर्जुन बहादुर रोक्का (सार्की) र ङवाङ केसाङ लामाले सहभागिता जनाउनुभएको थियो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनुभएका राष्ट्रिय खेलुकुद परिषदका सदस्य सचिव विष्टले खेलाडिहरुलाई बधाई ज्ञापन गर्दै मार्सल सेल्फ डिफेन्स संघले खेलकुद क्षेत्रमा गरेको योगदानको सह्राना गर्नुभयो । IMG_0273राखेप सदस्य सचिव केशव विष्टको हातबाट सम्मान ग्रहण गर्दै सञ्चारकर्मी नुतन श्रेष्ठ

संघका अध्यक्ष रानापालले संघले आफ्नो स्थापना कालदेखि नै विभिन्न सिर्जनात्मक काम गरेर खेलाडिहरुमा उत्साह र सक्रियता बढाउनका लागि प्रयास गरिरहेको र मोरक्कोमा प्राप्त पदक त्यसैको उपज भएको बताउनुभयो । मुलुकको खेलकुद क्षेत्रको पहिचान उचो बनाउने संघको लोगो अंकित झण्डा आरोही ल्हाक्पागेलु शेर्पामार्फत विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइसकिएको अवगत गराउँदै अध्यक्ष रानापालले आगामी दिनमा थप नयाँ योजनाका साथ अघि बढ्ने प्रतिज्ञासमेत गर्नुभयो ।

अध्यक्ष रानापालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चारकर्मी नुतन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।   IMG_0256


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*