डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शिखरपोष्टका अध्यक्ष प्रकाश खालिङलाई एकै दिन दुईटा पुरस्कार

39932

शिखरपोष्ट/काठमाडौं, १४ पुस । शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष तथा यूवा पत्रकार प्रकाश खालिङलाई एकै दिन दुई वटा पुरस्कार ग्रहण गर्ने अवसर जुरेको छ । उहाँले एकै दिन दुई वटा छुट्टाछुट्टै विधाका पुरस्कार ग्रहण गर्नुभएको हो ।

IMG_0592शुक्रबार होटल याक एण्ड यति होटलमा भएको नेपाल पर्वतारोहण संघ (एनएमए)को २७औं वार्षिक साधारणसभा समारोहबीच ‘दावा नर्वु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार’ ग्रहण गर्नुभएका खालिङ सोही दिन लैनचौर बैंक्यूटमा आयोजित नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनएटीभीए)को १४औं वार्षिक साधारणसभा समारोहबीच पनि उत्कृष्ठ पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

eeeeeeeeeeeएनएमएको ‘दावा नर्वु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार’ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको थियो भने एनटीभीएको ‘उत्कृष्ठ पर्यटन पत्रकारिता पुरस्कार’ पूर्व सञ्चारमन्त्री अग्नी सापकोटाले प्रदान गर्नुभएको थियो ।

पत्रकार खालिङ यसअघि पनि दर्जनौं राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । पत्रकारिताका साथै उद्घोषण कलामा अब्बल उहाँले पछिल्लो समय समाज सेवामासमेत आफुलाई समर्पित गर्दै आउनुभएको छ ।

किरात खालिङ राई उत्थान संघका पूर्व केन्द्रीय महासचिवसमेत रहनुभएका उहाँले अहिले राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को केन्द्रीय महासचिव, किरात राई पत्रकार संघको केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा अनिस प्रतिष्ठानको महासचिवको रुपमा जिम्मेवारी बहन गरिरहनुभएको छ ।
IMG_0624IMG_0632IMG_0591


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*