सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि सनकुमार तामाङलाई

  • शिखरपोष्ट रिपोर्टर 

26195792_1508333249285668_4555451185947520532_nपुरस्कार ग्रहणपछि विजेता सुनकुमार तामाङ

सल्लेरी– फ्रेण्डसिप युथ क्लब केन्द्रीय कार्यालय सोलुखुम्बद्वारा आयोजित ‘सोलुखुम्बु गायन स्टार सिजन–२’ को उपाधि लुक्लाका सनकुमार तामाङले जितेका छन् । शनिबार सल्लेरीमा सम्पन्न प्रतियोगिता ग्राण्ड फाईनलेमा दर्शकको मत, निर्णायकको अंक तथा आयोजकका तर्फबाट गरिएको मूल्यांकनका आधारबाट तामाङले सो उपाधि हात परेका हुन् ।

आफ्ना ६ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिता जितेका तामाङले बजाज कम्पनीको मोटरसाइकलका साथमा रु १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा विनोद राई उपविजेता तथा भोजकुमार राई तृतीय स्थानमा आएका छन् । डोमा शेर्पा, खगिन्द्र नाछिरिङ, रञ्जना राई र केशव राई क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ बने । द्धितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार र रु २० हजार तथा अन्यले रु पाँच पाँच हजार प्राप्त गरेका छन् ।
26231002_1508327319286261_7878683469517197896_nजिल्लाका विभिन्न स्थानमा लुकेर रहेको गायन प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना क्लबका केन्द्रीय अध्यक्ष महेश किरातीले शिखरपोष्टलाई जानकारी दिए ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाइनलमा गायिका मोक्तान, संगीतकार, गायक वसन्त सापकोटा र सज्जन खालिङ राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सोलुखुम्बुवाट निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई (सुरबीर)को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चर्चित गायक राजेशपायल राई, हास्य कलाकार सुबोध गौतम (हजुर)लगायत सोलुखुम्बु आएका थिए ।

सोलुखुम्बुका हकमा गायन प्रतियोगितामध्ये यो सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो । सोलुखुम्बु गायन स्टार प्रथममा प्रवेश राई विजेता बनेका थिए ।

26196255_1508333195952340_271030110087827527_n

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*