प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

सेयर बजारमा हरियाली

share bazar 19 boomकाठमाडौं– पूँजी बजारमा आज हरियाली छाएको छ । पूँजी बजार १२ अंकले बढ्दा ४६ करोड ४६ लाख ३९ हजार ८सय २० रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ५७ वटा कम्पनीको ८ लाख ५५ हजार १ सय ३९ कित्ता सेयर खरिदविक्री भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार १ हजार ४ सय ४० विन्दुमा रोकिएको बजारमा होटल उपसमूह बाहेक अरु सवै उपसमूहमा हरियाली छाएको छ । क वर्गका सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.७९ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा बैकिङ ९.०५ अंक, व्यापार १.२७ अंक, विकास बैंक ६.६२ अंक, हाइड्रोपावर ३.२३ अंक, फाइनान्स ३.७३ अंक, विमा १२२.१६ अंक, उत्पादन २.८ अंक, अन्य १२.७६ र माइक्रोफाइनान्स २.८५ अंकले बढेको छ ।

यता होटल भने १७.३७ अंकले घटेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*