'मिस टुरिजम–२०१८' भदौ २ गते हुँदै   •   पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी   •   विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते

राजेन्द्र सापकोटाले यसरी बाढे पर्यटन बोर्डको आफ्नो ३ वर्षे अनुभव

नयाँ सदस्यका लागि दीपक महतलगायतको नाम सर्टलिष्टमा

40145
  • शिखरपोष्ट डेक्स

काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, घनेन्द्र श्रेष्ठ र फुर्वा ग्याल्जेन शेर्पाको पदावधि सोमबार सकिएको छ । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्य बनेका तीन जनाको कार्यकाल सकिएसँगै नयाँ सदस्यका लागि प्रक्रिया अघि बढाइएको छ । शिखरपोष्टलाई प्राप्त जानकारीअनुसार पर्यटन व्यवसायी दीपक महतलगायतको नाम सर्टलिष्टमा परेको छ ।

आफ्नो कार्यकाल सकिएलगत्तै सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले धन्यवाद ज्ञापन गर्दै आफ्नो ३ वर्षे अनुभव यसरी बाढेका छन्:

rajendra_prasad_sapkota_1‘आज भन्दा ठीक तीन बर्ष अगाडि आजैका दिन नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्य पदमा नयुक्त हुने अवसर प्राप्त भएको थियो र आजैबाट औपचारिक रुपमा कार्यकाल समाप्त भयको छ । बोर्डको अवस्था अत्यन्तै भद्रगोल र बेथितियुक्त रहेको अवस्थामा हाम्रो बोर्ड प्रबेश गर्दा चुनौतिका पहाड अगाडि खडा थियो । बोर्ड्का तत्कालिन निमित्त प्रमुख कार्यकरी अधिकृतसहित दुई दर्जन बरिष्ठ कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेपछि बोर्ड नेत्रित्व बिहिन अवस्थामा पुगेको थियो । यसबीचमा दैनिक कार्यसम्पादन समितिको प्रमुख भएर दैनिक कार्यसन्चालन गर्ने अवसर जुटेको थियो ।

४ बर्ष भन्दा बढी समय प्रमुखबिहिन अवस्थामा रहेको बोर्डमा प्रमुख कार्यकरी अधिकृत नियुक्त गर्ने सौभाग्य हामीलाई प्राप्त भएको थियो । बोर्डको वेबसाईटसमेत नचलेको अवस्थाको अन्त्य गर्दै डिजिटल मार्केटिङ मार्फत प्रबर्धनात्मक कार्यहरु गर्ने थालनी हामीले गर्यौ । गत दुई बर्षको बजेट निर्माण समितिको संयोजक भएर कार्य गर्ने अवसरलाई सदुपयोग गर्दै बिबिसी, ट्रिप एडभाईजर, रोईट्रसलगायताका विश्व प्रसिद्द प्रबिधीमार्फत नेपलको प्रचार प्रसार गर्ने कार्य गरियो । यो कामले भविष्यमा पनि निरन्तर रहिरहोस भन्ने अपेक्षा राख्दछु ! लामो समयदेखि हुन नसकेको कर्मचारीहरुको पदपुर्ती सम्पन गर्ने समितिको प्रमुख बनेर कार्य सम्पन गर्न पाउदा खुशी छु । बोर्ड मुलत काठमाडौं केन्द्रित भएको गुनासोका बीच सुदुरपश्चिम, पूर्वाञ्चल, पोखरा, चितवन, लुम्बिनी, रारा ताल, खप्तड जस्तास्थलहरुको प्रबर्धनमा बोर्डलाई सहभागि गर्ने कार्यको प्रारम्भ भएको छ ।

सहज र कानुनी दाँयरा संगत आर्थिक बिनियमावली, कर्मचारी बिनियमावली संसोधन गर्ने कार्य सफल भएको छ । ईमन्दारी पूर्वक आफुलाई प्राप्त सम्पूर्ण कार्य सम्पन गर्न पाएकोमा गर्बको महशुस गरेको छु । मेरो ३ बर्षको कार्यकालमा भिभिन्न जिम्मेबारी प्रदान गर्ने र हामीले उठायका मुद्दाहरुको सम्बोधन गरिदिनु हुने तत्कालिन सचिब शुरेसमान श्रेष्ठ र प्रेम कुमार राईको खुलेर प्रसंशा गर्दछु । तत्कालिन पर्यटनमन्त्री कृपाशुर शेर्पा जसले, सीइयो नियुक्तिको ढोका खोलिदिनु भएको र अर्का मन्त्री आनन्द पोखरेलले बिभिन्न बिधामा पुर्‍याउनु भएको कार्यको प्रसंशा गर्दछु । तत्कालिन सहसचिबद्वय उमाकान्त पराजुली र रमेश कुमार अधिकारी सँग उपसमितिमा बसेरसंगै कार्य गरेको अबसर मेरो मन मस्तिक मा रहिरहने छ र उहाहरुको अबिभावकीय भुमिकाको लागि सदैब आभारी रहने छु ।

वर्तमान कार्यकारी प्रमुख दिपक राज जोशिको आत्मिय सहकार्यको लागि हृदय देखी नै आभार बेक्त गर्दछु , बोर्डको अध्यक्ष तथा निबर्तमान सचिब शंकर अधिकारी, तत्कालिन पर्यटनमन्त्री जीबनबहादुर शाही, बर्तमान सचिब महेश्वर न्यौपानेलाई पनि बिर्सन सक्दिन । उहाहरुको कार्यका लागि धन्यवाद नदिनु अन्याय हुनेछ । मन्त्रालयका प्रबक्ता एबम बोर्डका असल साथी सहसचिब घनस्याम उपाध्यायको आत्मिय सहयोग भुल्ने सक्ने छैन । बोर्डका सम्पूर्ण कर्मचारी मित्रहरुको सहयोगको सदैब ऋणी बनिरहने छु । अनजानमा मेरो कारणबाट कुनै कर्मचारीप्रति चित्त दुख्न पुगेको भये क्षमा प्रार्थी छु । अन्जानमा कसैको चित्त दुखेको भये पनि माफी चाहन्छु । पर्यटन क्षेत्रमा कृयासिल बिभिन्न संघसस्था एबम पर्यटनमा कृयाशील बिभिन्न संगठनको सकारात्मक सहयोगको लागि आभारी छु ।

अन्तमा मलाई सिफारिस गर्ने नेपाल रास्टिय पर्यटन ब्याबसायी संगठन, संगठनका अध्यक्ष, पर्यटन ईलाका कमिटी, पार्टिका श्रद्धेय अध्यक्ष, महासचिबप्रति हृदय देखिनै आभारी छु । आगामी दिनमा पर्यटन क्षेत्रको बिकाशमा आफ्नो क्षेमताले भ्यायसम्म लागिरहने छु ।’ जय पर्यटन !


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*