पवित्र तिर्थस्थल तिलिचोमा खिचिएको विदेशी पर्यटकको नांगो फोटो भाईरल   •   लुम्बिनी विकास कोषको सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा   •   यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्   •   महिला आत्मनिर्भरताको नारा बोकेर ३ महिला आरोही सगरमाथा चढ्दै   •   विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख   •   महाकुलुङका अधिकांश घरमा बिरामी, स्वाइनफ्लुको आशंका

खुम्बुका फुरी ग्याल्जेन शेर्पाद्धारा नाट्टा सदस्यमा उम्मेद्धारी

furi1 copyफुरी गेल्जेन शेर्पा

शिखरपोष्ट/काठमाडौं । यूवा पर्यटन व्यवसायी फुरी गेल्जेन शेर्पाले नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को आसन्न निर्वाचनका लागि कार्यसमिति सदस्यमा उम्मेद्धारी दिनुभएको छ । उहाँले सिएन पाण्डे समुहबाट सदस्य पदमा उम्मेद्धारी दिनुभएको हो ।

२०३१ सालमा खुम्बु पासाङल्हामु गाउँपालिका १ खरिखोलामा जन्मिुनुभएका शेर्पा हिमालयन पानोरमा टुर्स प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । जापानी भाषामा दख्खल शेर्पा हिमालयन टे«जर ट्रेकिङ प्रालिका कार्यकारी निर्देशकसमेत हुनुहुन्छ ।

सन् १९९५ देखि पर्यटन व्यवसायसँग उठबस सुरु गर्नुभएका शेर्पा २००१/२००२सम्म टानको सदस्य तथा २०१६/०१७ मा नाट्टा सदस्यको रुपमा भूमिका निर्वाह गरिसक्नुभएको छ ।
उहाँ आफ्नो व्यवसायसँगै समाज सेवामासमेत समर्पित हुनुहुन्छ । उहाँले विशेषगरी स्वास्थ्य, शिक्षा र वातावारण क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ ।

शेर्पाले व्यवसायिक हकहित र मुलुकको सिंगो पर्यटन प्रवद्र्धनका लागि संस्थागत रुपमा पहल हुन जरुरी रहेकाले त्यसलाई पूरा गर्न आफुले नाट्टामा उम्मेद्धारी दिएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close