विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते   •   विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर   •   नारायणी र कोशीमा पानी जहाजको सम्भावना

बाध्यत्मक परिस्थितिमा पेट्रोलियम पर्दाथको मूल्य बढाइएको भट्टराई दाबी

40210

sकाठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तराष्ट्रिय बजारको दर अनुसार भारतीय आयल निगम (आइओसी)ले मूल्य बढाएर पठाउने हुँदा पेट्रोलियम पदार्थको मूल्य बढाउनु परेको बताउनुभएको छ । निगमको बुधबार सम्पन्न ४८औं वार्षिकोत्सव समारोहमा भट्टराईले २०७१ असोजबाट पेट्रोलियम पदार्थको स्वचालितर रूपमा मूल्य समायोजन हुँदै आएको बताउनुभएको हो ।

अहिले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य कायम गरिएकामा निकट भविष्यमा हवाई इन्धनमा पनि लागू गरिने समेत उहाले बताउनुभयो ।

भट्टराईका अनुसार हाल २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँ रहेको निगमको चुक्ता पुँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउन सरकार, रणनीतिक साझेदार र सर्वसाधारणका लागि सेयर निष्कासनको तयारी भइरहेको छ । निगमको नयाँ वित्तीय संरचनामा सरकारको ५५ प्रतिशत, सर्वसाधारणको ३० प्रतिशत र रणनीतिक साझेदारको १५ प्रतिशत स्वामित्व रहने भट्टराईको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*