थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

मिसेस एन्ड मिस टिन टुरिजमको ताज आना र रसीलाई

40218

Groupshoot-Mrs-5a5586d0b35213.20374660काठमाडौं : पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ एउटै स्टेजमा आयोजना गरिएको मिसेस नेपाल टुरिजम र मिस टिन टुरिजम- २०१८ को उपाधि क्रमश: नयाँबानेश्वरकी आना आचार्य र विशालनगरी रसी सुवेदीले चुमेका छन्। किशोरीको सौन्दर्य प्रतियोगितामा मिस टिन टुरिज्म-२०१८ को उपाधि चुमेकी रसीले मिस क्याटवाक र ब्युटी विथ प्रपोजको उपाधिसमेत जितिन्।

स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गरेको प्रतियोगितामा मिसेस नेपाल टुरिजमको उपाधि चुमेकी आना काठमाडौं मेडिकल कलेजकी डाक्टर तथा फार्माकोलोजीकी लेक्चरर हुन्। उनले बेस्ट स्किन उपाधिसमेत जितेकी छन्।

रेडियो नेपालकी सञ्चारकर्मी तीनथाना निवासी सन्तु श्रेष्ठ मिसेस टुरिजमतर्फ फस्ट रनरअप र बेस्ट पर्फमर, कुसुन्तीकी अनिका दाहाल सेकेन्ड रनरअप र बेस्ट स्पिच तथा छाउनी अस्पतालकी चिकित्सक सामाखुसीकी राधिका सापकोटा थर्ड रनरअप र मोस्ट ट्यालेन्ट भए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*