विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते   •   विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर   •   नारायणी र कोशीमा पानी जहाजको सम्भावना

स्वच्छ प्रतिस्पर्धाबाट नाट्टामा सक्षम नेतृत्व ल्याउनु मेरो मुख्य एजेण्डा हो: संगीता जिरेल

40245
  • शिखरपोष्ट रिपोर्टर

sangita jirelसंगीता जिरेल

काठमाडौं, २७ पुस । नेपाल एसोसिएशन अफ अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आसन्न निर्वाचनका लागि यूवा महिला पर्यटन व्यवसायी संगीता जिरेलले उम्मेद्धार दिएकी छिन् । दिपेन्द्र कुमार घिमिरे प्यानलबाट द्वितीय उपाध्यक्ष पदमा उम्मेद्धारी दिएकी जिरेलले नाट्टा व्यवसायिक संस्था भएकाले स्वच्छ प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सन् १९९७ देखि पर्यटन क्षेत्रसँग उठबस सुरु गरेकी जिरेलले राजनीतिक भागबण्डा गरिएपछि आफुले स्वतन्त्र व्यवसायीहरुको पक्षमा उभिएर उम्मेद्धारी दिएको बताएकी छिन् । यसअघि दुई कार्यकाल नाट्टाको कार्यसमिति सदस्यको रुपमा जिम्मेवारी सम्हालिसकेकी उनले पर्यटन क्षेत्रलाई राजनीतिमुक्त बनाउनुपर्नेमा विशेष जोड दिएकी छिन् ।

भर्ज भोएज पा.लि की प्रबन्ध निर्देशकसमेत रहेकी उनले नाट्टामा सक्ष्यम व्यक्ति आउनुपर्ने बताउँदै भनिन् ‘यदि म भन्दा पनि कुनै अर्को सक्ष्यम ब्यक्ति नाट्टामा आउँछ भने म पद छोड्न तयार छु । म कुनै पदको लोभले चुनाव लड्न आएको होइन, नाट्टाको विकास, व्यवसायीको हकहितका लागि मैले उम्मेदवारी दिएकी हुँ ।

आफुलाई दुइटै प्यानलबाट पदको लागि आग्रह गरिएपनि नाट्टा व्यवसायिक संस्थाको गरिमालाई कायम राख्नका लागि स्वतन्त्र व्यवसायीहरुको समुहबाट उम्मेदवारी दिएको बताइन् । ‘एउटा एउटा विचार र सिद्धान्तमा सबैको झुकाव हुन्छ नै’ उनले थपिन् ‘तर, पर्यटन विकास गर्न खुलेका संघसँस्थामा राजनीति गर्ने होइन, राजनीति गर्नका लागि राजनीतिक दल छदैछ नि । नाट्टामा राजनीति भागबण्डा गर्ने कसैलाई छुट छैन । त्यसका विरुद्ध हाम्रो उम्मेद्धारी हो । त्यसैले सहयोग गर्नका लागि सबैलाई आग्रह गर्दछु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*